समाज परिवर्तनमा प्रियंकाको भूमिका

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नेपाली समाजले महिला भन्ने वित्तिकै फरक तरिकाले हेर्ने गर्छ अर्थात पुरुष सरह मान्न स्विकार्य छैन । पुरुषले धन कमाउने र महिलाले घर धान्ने परम्परा पुस्तौंदेखी चल्दै आएको छ । त्यहि परम्परा आजको २१ औं शताब्धिमा आइपुग्दा पनि परिवर्तन हुन सकेको छैन ।

बिशेष गरी महिलाको महिनावारीको समयमा अझैपनि नेपाली समाजको कतिपय ठाउँमा घरबाट छुट्टै राख्ने अझै ‘गोठ’मा राख्ने परम्परा पनि छ । बिवाह गरेर गईसकेकी महिलालाई घरमा सधैं हेपिनुपर्ने, दाईजो नदिएको निउमा महिलाले दमन सहनुपर्ने अझैपनि नेपाली समाजमा छ । यसैबिच पछिल्लो समय बिभिन्न महिलाहरुले समाज परिवर्तनका लागी आवाज उठाइरहेको देखिन्छ । बिभिन्न संघसंस्थाले पनि महिला दमनको बिषयमा आवाज उठाइरहेका छन् ।

यसैबिच बिदेशमा जस्तै नेपालमा पनि सेलिब्रेटीहरुले बोलेका तथा गरेका क्रियाकलापले समाज परिवर्तनमा ठुलो भूमिका खेलेको छ । अहिले पछिल्लो समय नेपालमा लोकप्रिय नायिका प्रियंका कार्कीले आफू गर्भवती हुँदा गरेका क्रियाकलापले अप्रत्यक्ष रुपमा भएपनि समाज परिवर्तनमा ठुलो भूमिका खेलेको छ । नायिका प्रियंकाले डेढबर्ष अघि नायक आयुष्मान देशराज जोशीसँग बिहे गर्नुभएको हो । बिशेषगरी सम्पन्न र शिक्षित प्रियंकाको परिवारले सामाजिक सञ्जालमा पनि खुलेर आफ्नो भनाई राख्ने गरेको छ । नेपाली समाजको कतिपय ठाउँमा अझैपनि सासुसँग बुहारी सिर उठाएर बोल्न सक्ने अवस्था छैन तर प्रियंकाको परिवारको हकमा एक साथीजसरी सासुसँगको सम्बन्ध देखिन्छ । यसले पनि समाजका केहि परिवारमा पक्कै परिवर्तनको भूमिका खेलेको छ ।

यस्तै अहिले प्रियंकाले गर्भवती भएको अवस्थामा खुलेर जिउनुपर्छ यसलाई उत्सवको रुपमा मनाउनुपर्छ भन्दै सामाजिक सञ्जालबाट दिइरहेको सन्देश तथा पोष्ट गरिएका तस्बिरलाई कतिपयले फरक तरिकाले टिकाटिप्पणी गरिरहेका छन् । उहाँले सामाजिक सञ्जालमा पोष्ट गरेका ‘बेबी बम्प’का तस्बिरलाई धेरैले विवादित पनि बनाएका छन् ।

हातमा गिलास लिएर गर्भवती भुँडीमा जुस पिलाएको तस्विरदेखि स्विमिङ कस्टूममा बेबीबम्प देखाउँदै खिचाएको तस्विरसम्म उहाका चर्चा र आलोचनाको विषय बने । तर ति क्रियाकलापलाई सकारात्मक तरिकाले हेर्दा प्रियंकाले आफ्नो गर्भवतीको समयलाई खुलेर जिएको देखिन्छ । उहाँले आफ्नो गर्भवतीको समयलाई उत्सवको रुपमा मनाइरहनुभएको छ । प्रियंकाका यस्ता क्रियाकलापले उहाँलाई खुसी मिलेको छ, साथै उहाँको परिवारबाट यस्ता क्रियाकलापका लागी साथ भएकाले पनि उहाँको स्वास्थ्य अवस्था राम्रो छ ।

पछिल्लो समय नेपाली समाजमा पनि महिलाहरुले ‘बेबी पम्प’का तस्बिर सेयर गर्ने तथा परिवारमा खुसी साट्ने गरेको देखिन्छ । सामाजिक सञ्जालमा त्यसरी खुसी साटेका बिभिन्न क्रियाकलापका तस्बिर तथा भिडियोहरु सेयर गर्नुलाई महिलाका परिवारबाट साथ र खुसी मिलेको बुझ्न सकिन्छ ।

प्रियंकाले सामाजिक सञ्जालमा गरेका गतिबिधि उश्रृंखल नभई खुसी ब्यक्त गरेको बुझ्न सकिन्छ । नायिका प्रियंकाको समाज परिवर्तनमा पक्कैपनि थोरैधेरै भूमिका देखिन्छ ।

(समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ)