आर्ट डिरेक्टर भनेको युद्धको सिपाही होः अन्जन

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

संसारको दोस्रो ठूलो फिल्म उद्योग बलिउडमा प्रडक्सन डिजाइनर तथा आर्ट डिरेक्टरको काम गर्ने अन्जन गजुरेलले आर्ट डिरेक्टर युद्धमा होमिएको सिपाही जस्तो भएको बताएका छन् । उनले बुधबार अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)का तेस्रो वर्षका विद्यार्थीसँग अन्तक्र्रिया गर्दै यस्तो धारणा राखेका हुन् । उनले यो पेशासँग जोडिएका रोचक अनुभव सुनाउँदै जसरी युद्धमा गएको सिपाही हरेक खाले परिस्थितिका लागि तयार हुनुपर्छ, यो पेशाले पनि सोही खालको चरित्र माग गर्ने बताएका थिए ।

‘ धेरैजसो अवस्थामा निर्देशक र क्यामरामेनलाई पनि थाहा हुन्न कि के चाहिएको हो । कहिलेकाहीँ टेबलमा होमवर्क गरेको कुरा सेटमा परिवर्तन भइदिन्छ,’ उनले अनुभव सुनाउने क्रममा भने, ‘अझ तपाईं अनुराग बसुजस्तो मान्छेसँग काम गर्नुहुन्छ भने त तपाईंलाई कहीँ जगलको बीचमा चोपरले छाडिदिए जस्तो हुन्छ । बाटो पत्ता लगाउने र कहाँ पुग्ने तपाईँ आफैंले निक्र्योल गर्नुपर्ने हुन्छ ।’

२० वर्षदेखि बलिउडका टेलिभिजन सिरिज र फिल्ममा काम गरिरहेका अन्जन पहिलो लकडाउन खुकुलो भएलगत्तै नेपालमा ग्यालेक्सी टेलिभिजनले निर्माण गर्न लागिरहेको ‘सारेगम लिटिल च्याम्स’ र ‘को बन्छ करोडपति’को सेट डिजाइनका लागि आएका थिए । उनले आफूले नेपालमा बनिरहेको सेट डिजाइन मज्जाले हेर्न नपाएको भए पनि फिल्म र सिरिजमा भन्दा विज्ञापन फिल्ममा राम्रो काम भइरहेको महसुस गरेको बताएका थिए ।

अन्जनले बलिउडमा स्टार कलाकार धेरै भएको र उनीहरूलाई लिएर रियल लोकेसनमा सुटिङ गर्न अप्ठेरो भएकाले स्टुडियोमा नै सेट लगाएर सुटिङ गर्ने प्रचलन रहेको बताउँदै नेपाललाई यसमा सुविधा रहेको बताएका थिए ।

‘नेपालमा साँच्चिकै लोकेसनमा सुटिङ गर्न सकिन्छ । यो बजेट र फिल्मको लुकको हिसाबले पनि राम्रो हो तर यस्तो ठाउँमा राम्रो आउटपुट निकाल्न निर्देशक, छायांकार र आर्ट डिरेक्टरले राम्रो तयारी गर्नुपर्छ,’ उनको सुझाव थियो ।

करिब डेढ घन्टा विद्यार्थीसँग बिताएका अन्जनले आफ्नो यात्रा सन् २००१ मा स्टारप्लसबाट प्रसारण भएको ‘देशमें निकला होगा चाँद’बाट सुरु भएको बताउँदै यो क्रममा सानाठूला गरी तीन दर्जनभन्दा फिल्म, टेलिभिजन तथा वेब सिरिजमा काम गरेको जानकारी दिएका थिए । उनले पछिल्लो समय भने अनुराग बसु निर्देशित ‘लुडो’मा काम गरेका थिए । विद्यार्थीसँगको अन्तरसंवादमा उनले यो फिल्मको सेट निर्माण र डिजाइनको अनुभव पनि बाँडेका थिए ।

कलेजका प्रिन्सिपल रामराजा दाहालले यो पटक अन्जन गजुरेल आएको मौका छोपेर छोटो समयको अन्तक्र्रिया आयोजना गर्न सकेको भए पनि भविष्यमा कलेजमा यो विषय पढाउने गरी नै तयारी गर्न लागेको जानकारी गराएका थिए ।

‘प्रडक्सन डिजाइन पनि फिल्ममेकिङको महत्वपूर्ण हिस्सा हो भन्ने स्थापित हुँदै गएकाले यसलाई कलेजमा नै पढाउने सोच छ । यही बहानामा पनि हामी अन्जन सरलाई नेपाल बोलाउने तयारीमा छौं,’ उनले भने ।