सन्तोष र रचनाको मायाको कुरामा सकारात्मक प्रतिक्रिया

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">गायक सन्तोष अधिकारी र रचना रिमालको स्वरमा रहेको नयाँ गीत ‘तिम्रो माया खोज तिम्रो’ लाई सकारात्मक प्रतिक्रिया मिलिरहेको छ । झण्डै एक महिना अघि युट्युवमार्फत सार्वजनिक उक्त गीतलाई भ्युज कम मिलेपछि प्रतिक्रियाबाट आफू सन्तुष्टि रहेको गायक सन्तोषले बताउनु भएको छ ।</p><p style="text-align: justify; ">मेश बस्नेतको शब्द तथा संगीत रहेको उक्त गीत राकेश वलीले एरेन्ज गर्नुभएको हो । गीत प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको हो ।</p><p style="text-align: justify; ">गीतको भिडियोमा पनि गायक सन्तोष र गायिका रचनालाई फिचर्ड गरिएको छ । मिनराज अर्चालको छायांकन र सम्पादन रहेको भिडियोलाई उदिराम खड्काले निर्देशन गर्नुभएको छ । भिडियोमा रेखा अधिकारीको लगानी रहेको छ । गीतमा बिशेषगरी गायक र गायिकाले माया प्रेमका कुरा गरिरहेको देखिन्छ । गीतकार बस्नेतले लेखेका गीतका शब्दमा मिठास छन् ।</p><p style="text-align: justify; ">गायक सन्तोषले पछिल्लो समय अधिकांश गीतहरु युट्युव भ्युज केन्द्रित भएपनि आफूले भने मनले खाएको गीत सार्वजनिक गरेको बताउनुभयो । उहाँले ट्रेन्ड अनुसार चल्नेभन्दा पनि दर्शक तथा स्रोताको मनमा बस्ने प्रकृतिको गीत ल्याउन रुचाउने बताउनु भएको छ । भिडियोमा आएका प्रतिक्रियाहरुलाई हेर्ने हो भने अधिकांश प्रतिक्रिया सकारात्मक छन् । रन्जना भट्टराई नामको एक युट्युव प्रयोगकर्ता लेख्नुहुन्छ । ‘एकदमै उत्कृष्ट गीत सुनेर आशु नै थाम्न सकिएन । कति मिठा शब्द अनि आवाजको त कुरा नै नगरुम कति मिठो छ ।’ यस्तै अर्का प्रयोगकर्ता जुहारीलाल चौलागाईंले लेख्नुभएको छ, ‘यो गीतले भावुक बनायो, सदा सदा सुन्न पाइने भयो ।’</p>