लघुकथाकार समीर सम्मानित

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

लघुकथाकार रवीन्द्र समीर सम्मानित हुनुभएको छ । लघुकथा समाजले नेपालले १३ औँ लघुकथा दिवस मनाउँदै नाट्य संस्था सर्वनाम र चर्चित लघुकथाकार  समीरलाई सम्मानित गरेको हो । समाजले हरेक वर्ष भदौ ५ गतेलाई लघुकथा दिवसका रूपमा मनाउँदै आएको छ । सम्मानका साथ समीरलाई १५ हजार एक रुपैयाँ नगद राशिसमेत प्रदान गरियो ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रसिद्ध कथाकार पद्मावती सिंहले समाजले पहिलोपटक प्रदान गरेको ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०७८’ सर्वनामका लागि व्यवस्थापक डा. सावित्री मल्ल कक्षपतिलाई प्रदान गर्नुभयो । सर्वनाम नाट्य संस्थाले लघुकथा मञ्चन गर्दै आख्यानको यो लघुत्तम विधाकोे प्रवद्र्धनमा योगदान दिएबापत उक्त सम्मान प्रदान गरिएको समाजले जनाएको छ ।

त्यसैगरी, प्रमुख अतिथि सिंहले ‘पद्मा–रामचन्द्र लघुकथा सम्मान–२०७८’ लघुकथाकार डा. समीरलाई नगद राशि १० हजार एक रुपैयाँसहित सम्मानपत्र प्रदान गर्नुभयो ।

समाजका केन्द्रीय अध्यक्ष श्रीओम रोदनको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ कथाकार भागीरथी श्रेष्ठ, प्रा. डा. लक्ष्मणप्रसाद गौतम, पूर्णप्रसाद ब्राह्मणका छोरा सुरेश शर्मा, सम्मानित संस्था सर्वनामकी डा. सावित्री मल्ल कक्षपति, सम्मानित व्यक्तित्व डा. रवीन्द्र समीरसहित तुलसीहरि कोइराला र नवराज रिजालले बोल्नुभएको थियो । कार्यक्रममा लघुकथा समाजको स्मारिका ‘नेपाली लघुकथा’ को संयुक्तांक (८–९) पनि सार्वजनिक गरियो ।

सोही अवसरमा अर्को वर्षदेखि ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’का साथ २५ हजार एक रुपैयाँ नगद राशि प्रदान गरिने जानकारी गराइएको थियो ।