कुमारी बैंकका तीन वटा प्रदेशमा ३ नयाँ शाखा बिस्तार

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">कुमारी बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा तीन नयाँ शाखा विस्तार गरेको छ । प्रदेश १ को सुनसरीस्थित आँपगाछी शाखा, प्रदेश २ को वीरगञ्जस्थित प्रतिमाचोक शाखा तथा गण्डकी प्रदेश कास्कीस्थित काहुँखोला शाखा गरी तीन वटा शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।</p><p style="text-align: justify; ">यसका साथै कुमारी बैंक लिमिटेडको देशभरि नै १९६ वटा शाखा कार्यालयहरू विस्तार भइसकेका छन् । काठमाडौं उपत्यकामा ४६, उपत्यकाबाहिर १५०, तथा १३ वटा एक्स्टेन्सन काउन्टरहरूबाट बैंकले ग्राहकहरूसमक्ष सेवाहरू प्रदान गरिरहेको छ ।</p><p style="text-align: justify; ">कोरोना भाइरसको महामारीले ल्याएको विषम परिस्थितिमा पनि बैंकले ग्राहकवर्गहरुको सेवालाई मध्यनजर गर्दै थप शाखाहरु बिस्तार गरेको हो ।</p>