बिष्णु माझिको ‘चरी जेलैमा’को चर्चा किन ?

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नेपाली गीतसंगीतको क्षेत्रकी सबैभन्दा महंगी गायिका विष्णु माझीले गाउने प्राय गीत चर्चाको शिखरमा पुग्ने गरेका छन् । लोकगीत मात्र गाउने बिष्णु माझि बिशेष गरी सार्वजनिक नहुने कारणले निकै चर्चामा रहनुहुन्छ । साथै उहाँको स्वर र उहाले लिने पारिश्रमिकका कारण पनि निकै चर्चा हुन्छ ।

बिष्णु सार्वजनिक नभएको कारण आम दर्शकले खोजिरहेका हुन्छन् । अखिर गायिका बिष्णुले आफ्नो अनुहार किन देखाउन चाहानुहुन्न ? के उहाँलाई परिवारले बन्देजमा राखेको छ ? के बिष्णु अप्ठ्यारोमा पर्नुभएको छ ? यस्ता प्रश्न बिष्णुका फ्यानहरुबाट आइरहन्छ । तर बिष्णुले एकपटक स्याङ्जाको प्रहरी कार्यालयमा पुगेरै आफुलाई कसैले बन्धकमा नपारेको र आफ्नो खुसीले आफू सार्वजनिक नभएको बताउनु भएको थियो । त्यसपछि केहि समय सामाजिक सञ्जालमा बिष्णुबारे टिकाटिप्पणी कम भएको थियो ।

अहिले पनि बिष्णुबारे टिकाटिप्पणी चलिरहेको छ, कारण हो ‘चरी जेलैमा’ तीज गीत । ‘पुतलीको भट्टी’ भाग १७ का रुपमा ल्याइएको यस गीतले यतिबेला टिकटकदेखि सामाजिक संजालसम्म चर्चा बटुलिरहेको छ । म्युजिक भिडियोसहित सार्वजनिक गीतमा सुन्दरमणी अधिकारीको शब्द/संगीत, विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ । सुन्दरमणीकै निर्माण, निर्देशन रहेको गीतको भिडियोमा शिव बि.कको कोरियोग्राफी छ । तीजको अवसर पारेर जथाभावी गीत सार्वजनिक भएको समयमा यो गीत मौलिक रहेको छ । विवाहित चेलिको वेदना प्रस्तुत गरिएको गीतमा खराव श्रीमानका कारण चेलिले पर्दा चेलिले पाउने पीडाहरुलाई गीतमा व्यक्त गरिएको छ । युट्युबमा १८ अगष्टमा सार्वजनिक गीतले ६ दिनमा ३१ लाख भन्दा बढी पटक हेरिएको छ । सुजन शाहीको सम्पादन रहेको भिडियो शम्भु चालिसेले छायाँकन गरेका हुन् ।

यस गीतको चर्चा हुनुमा राम्रो गीत र बिष्णुको स्वरमात्र होइन । गीतका शब्दका कारण यस गीत अझ बढी चर्चामा छ । अहिले सामाजिक सञ्जालमा बिष्णु माझिले आफ्नो जीवनमा मिल्ने गीत गाइन् भन्दै लेखिरहेको देखिन्छ । त्यस कारण पनि यो गीत अझ चर्चामा छ ।  टिकटक लगायतका झट्ट हेरिने सामाजिक सञ्जालमा क्लिप भाइरल छन् जसको क्याप्सनमा बिष्णु माझिले आफ्नो जीवनको गीत गाउनुभयो भन्दै राखेको देखिन्छ । त्यसैले पनि यो गीतको चर्चा चुलिएको हो । तर यस बिषयमा बिष्णु माझि वा उहाँको परिवारले कुनै प्रतिक्रिया जनाएको छैन । गीतसंगीतका कतिपय अग्रजहरुले भने गीतको शब्दलाई लिएर नहुने हल्ला फैलान नहुने तर्क राखेका छन् । सर्जक सुबास रेग्मीले फेसबुकमा लेख्नुभएको छ, ‘ आफ्नो कला÷क्षमता र आवाजले चिनिएकी एक मात्र गायिका विष्णु माझी । उनलाइ चल्न र चर्चित हुनलाइ कुनै किसिमको नौटंकी गर्नै पर्दैन। कुनै मिडियामा आउन पर्दैन÷सामाजिक सञ्जालमा छाउन पर्दैन र युटुबे बुंगाहरुका दैलोमा धाउन पर्दैन,जे गरेकी छन सारै ठिक गरेकी छन । अनि उनि सन्ताऊन्ने सैतान जस्तै बुद्धि हीन पनि छैनन ।’ अहिले अन्य सर्वसाधारण तथा सर्जकहरुले पनि यसै गीतको बिषयमा सामाजिक सञ्जालमा लेखेको देखिन्छ ।