शर्ट मुभी कम्पिटिशनमा १०८ स्क्रिप्ट छनोट

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

राष्ट्रिय यूवा संघ नेपालले आयोजना गर्न लागेको ‘म केही गर्छु’ शिर्षकको छोटो चलचित्र प्रतिस्पर्धामा एकसय १५ स्क्रिप्ट सहभागी भएको छ । श्रावण ५ गते भित्र आयोजकले दिएको क्राईट एरियाभित्र रहेर स्क्रिप्ट पठाउन आह्वान गरेको थियो । देशभरबाट एक सय १५ स्क्रिप्ट सहभागी भएको हो । यो नेपालमा अहिलेसम्मकै सर्वाधि सहभागीता हो । ११५ मध्ये १०८ स्क्रिप्ट छनोट भएको छ। छनोट भएका स्क्रिप्टमा फिल्म बनाउनेहरुको लागी एक दिने ओरियन्टेसन कार्यक्रम सम्पन्न भएको छ। सोमबार चलचित्र विकास बोर्डको हलमा छनोट भएका स्क्रिप्ट राइटर र चलचित्र निर्माणको लागि स्क्रिप्ट पठाउने हरुकालागी युवा संघ नेपालले चलचित्र क्षेत्रका बिज्ञहरुलाई सहभागी गराएर चलचित्र बनाउने सम्बन्धमा ओरियन्टेसन गराएको हो। उक्त कार्यक्रममा निर्देशक मिन भाम,सिनेम्याटोग्राफर बिष्णु कल्पित,नेपाल फिल्म कलेजका प्रिन्सिपल शिशिर उप्रेती,चलचित्रकर्मी अर्जुन देव जोशीले सहभागीहरुलाई जानकारी दिए। उक्त कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ नेपालका महासचिव समिर बलामीले गरेका थिए।

निषेधाज्ञाका कारण घरमै बसिरहेका यूवाहरुको समयको सदुपयोगका लागि छोटो चलचित्र प्रतिस्पर्धामा आयोजना गरेको राष्ट्रिय यूवा संघ नेपाल उपाध्यक्ष क्षितिज थेवेले बताए । उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल,युवा संघ नेपालका उपाध्यक्ष क्षितिज थेवे, उपाध्यक्ष पुष्पराज श्रेष्ठ,उपाध्यक्ष उर्मिला सुनुवार,अशोक चौलागाईं,महासचिव रमेश आचार्य,उप महासचिव रामजी सापकोटा,सचिव सीता सुवेदी,विनोद ओली,सुनीता कार्की ,स्थायी कमिटी सदस्य महेश चौलागाईं ,सचिवालय सदस्य श्रीधर पौडेल ,केशव घिमिरे र समुन्द्र तिमल्सिना ,केन्द्रीय सदस्य द्वय विरेन्द्र भट्ट र रेशु लामा लगायतको उपस्थिति रहेको थियो ।

सहभागी स्क्रिप्टलाई निर्णायक समितिले मापदण्ड अनुसार छनौट गरेको हो। छानिएका स्क्रिप्टले उद्यमशीलता र रोजगार, पर्यटन, कृषी तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संकृती र मनोरञ्जनलगायतका बिषयमा बढीमा ५ मिनेटसम्मको छोटा फिल्म बनाउनुपर्नेछ ।

नेपालमा हुने सर्ट फिल्म कम्पिटेशनमा सय बढि केही दर्जन फिल्म तथा कथाहरुमात्र सहभागी हुने गरेको तथ्याङ्क छ । तर, राष्ट्रिय यूवा संघ नेपालले आयोजना गरेको छोटो चलचित्र प्रतिस्पर्धामा सोचेको भन्दा धेरै भन्दाबढि स्क्रिप्ट सहभागी भएको छोटो चलचित्र प्रतिस्पर्धाका संयोजक तथा राष्ट्रिय यूवा संघ नेपालका उपाध्यक्ष क्षितिज थेवेले बताउनुभयो ।

यूवाहरुको प्रतिभा पहिचान, प्रस्फुटन र प्रवद्र्धन गर्ने उद्देश्यसहित यो प्रतियोगीता आयोजना हुन लागेको राष्ट्रिय यूवा संघ नेपालले जनाएको छ । छानिएका स्क्रिप्टहरुबाट छोटो चलचित्र निर्माण गरि युवा संघ नेपाललाई बुझाउनु पर्नेछ । छोटो चलचित्र बुझाईसकेपछि निर्णायक समितिले उत्कृष्ट तीन फिल्म छान्नेछ । छानिएका तीन फिल्ममध्ये प्रथम हुनेलाई २ लाख ५० हजार, दोश्रो हुनेलाई १ लाख ५० हजार र तेश्रो हुने फिल्मलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।

उत्कृष्ट तीन सहित पाँच चलचित्रलाई एक समारोह बीच विशेष प्रदर्शनी गरिने आयोजक पक्षले जनाएको छ । त्यस लगतै विजेताहरुलाई भव्य समारोह बीच पुरस्कार प्रदान गरिने बताइएको छ ।

राष्ट्रिय युवा संघ नेपाल मुख्यआयोजक रहेको यो प्रतियोगिताको नेपाल फिल्म एकेडेमी सह–आयोजक रहेको छ । नेसनल युथ काउन्सिलले कार्यक्रमलाई प्रवद्र्धन गर्ने बताइएको छ । त्यसैगरी प्रतियोगितालाई चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, अफरिङ ह्याप्पीनेस र प्रमोटर्स नेपालको सहयोग रहनेछ ।