चलचित्र ‘लाइफ इन एलए’को गीतमा प्रताप र कविताको स्वर

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

आउँदो दशैंको आसपासमा प्रदर्शन हुने तयारीमा रहेको नयाँ चलचित्र लाइफ इन एलएमा समावेश गरिएको पागल प्रेमी बोलको गीत सार्वजनिक गरिएको छ । अमेरिका र नेपालमा छायांकन गरिएको यस चलचित्रको उक्त गीतमा लोकप्रिय गायक प्रताप दास र गायिका कविता श्रेष्ठको स्वर रहेको छ । जसमा एलिस कार्की र प्रतिक पौडेलको संगीत रहेको छ ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच चलचित्रमा समावेश पहिलो गीत र कथा बारे प्रकाश पारियो ।  सूर्य एन श्रेष्ठको निर्देशन रहेको चलचित्रको सार्वजनिक गीतको भिडियोमा त्रिकोणत्मक प्रेमकथा प्रस्तुत छ । गीतको भिडियोमा डेव्यु अभिनेता ब्यास बिस्सु, अकेशा बिष्ट र शिल्पा मास्के फिचर्ड छन् । चलचित्रमा गौरव पहारी, बुद्दि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार अन्जान सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । दीपक वली एसोसियट निर्देशक रहेको सिनेमाका प्रोडक्सन म्यानेर प्रदीप आचार्य र प्रदीप खत्री हुन् ।

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको सिनेमामा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी, एलिस कार्कीको संगीत छ ।