‘बिग बोस–१३’ बिजेता सिद्धार्थ शुक्लाको निधन

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">‘बिग बोस–१३’ को विजेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण मुम्बईको कुपर अस्पतालमा निधन भएको छ । बिहीबार ४० वर्षीय शुक्लाले बुधबार राति सुत्नुअघि औषधि खाएर सुतेका तर बिहिबार बिहान उनको हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ ।</p><p style="text-align: justify; ">शुक्लाले मोडलिङ हुँदै आफ्नो करिअर सुरु गरेका थिए । उनले टेलिशृंखला ‘बबुलका आगन छुटे ना’, ‘जाने पेहेचाने से ये अजनवी’, ‘लभ यु जिन्दगी’ मा अभिनय गरेका थिए । तर ‘बालिका बधु’ बाट भने उनले चर्चा कमाएका थिए । रियालिटी सो ‘बिग बोस १३’ बाहेक उनी ‘झलक दिखलाजा(६’,’ फियर फ्याक्टर स् खत्रोंका खिलाडी ७’ मा पनि सहभागी भएका थिए ।</p><p style="text-align: justify; ">उनले सन् २००५ मा उत्कृष्ट मोडलको अवार्ड जितेका थिए । उनको जन्म सन् १९८० को डिसेम्बर १२ मा भएको थियो । उनका एक आमा र दुई दिदी बहिनी छन् । उनले सन् २०१४ मा ‘ हम्टी शर्माकी दुल्हनियाँ’ मा साहयक अभिनेताको भूमिका गरेका थिए ।</p>