सौगात र अनुपबिक्रमको ‘जार’को फर्स्टलुक पोस्टर रिलिज

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">भर्सटाइल अभिनेता सौगात मल्ल र अनुपबिक्रम शाही स्टारर फिल्म ‘जार’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । यथार्थपरक कथामा आधारिक रहेर निर्माण गरिएको भनिएको यो फिल्मको सार्वजनिक पोस्टरमा लिड अभिनेत्री गिताञ्जली थापालाई केन्द्रमा राखिएको छ भने सौगात र अनुपलाई क्यारेक्टर लुक्समा देखाइएको छ । फिल्मको केन्द्रिय द्वन्द्व नै महिला पात्र हो ।</p><p style="text-align: justify; ">सम्पुर्ण छायांकन सिक्किममा गरिएको यो फिल्मले सन् १८ सयको दशक अन्त्यतिर सिक्किमेली समाजमा घटेको एक यथार्थ घटनालाई बोल्नेछ । उल्लेखित तीन पात्रको वरिपरी नै फिल्मको कथा घुम्नेछ । गिताञ्जली भारतमा राष्ट्रिय अवार्ड विजेता अभिनेत्री हुन् ।&nbsp;</p><p style="text-align: justify; ">फुर्वा छिरिङ लामाको निर्देशन रहेको यो फिल्मको छायांकन गत अप्रिलमा सम्पन्न भएको थियो । ‘जार’को कथा इन्द्र बहादुर राईले लेखेका हुन् ।&nbsp; फेर्री टेल पिक्चर्सले ुहोप रिल एण्ड एलए सर्ट्सुको सहकार्यमा यो फिल्म निर्माण गरेको हो ।</p><p style="text-align: justify; ">फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत छ भने सम्पादन अखिलेश राईको छ । फिल्मको छायांकनदेखि सम्पादनसम्मको सम्पुर्ण प्राविधिक काममा भारतिय टिम संलग्न छ । केहि समयपछि टिजर रिलिज गरेर फिल्मको प्रदर्शन मिति सार्वजनिक गर्ने निर्माण टिमले बताएको छ ।</p>