नेपाली अमेरिकन कलाकार संघमा महिला नेतृत्वः निशा अध्यक्ष, संगीता महासचिव

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

अमेरिकामा रहदै आएका कलाकारहरुको संगठन नेपाली अमेरीकन कलाकार संघ, नर्थ अमेरीकाको पाँचौ अधिवेशनबाट छनोट नयाँ कार्यसमितिमा महिलाको नेतृत्व आएको छ । अधिवेशनबाट लोक तथा दोहोरी गायिका निशा सुनार अध्यक्षमा चयन हुनुभएको छ । निर्विरोध निर्वाचित १७ सदस्यीय कार्यसमितीमा महासचिवमा लोकप्रिय गायिका संगीता थापा मगर चयन हुनुभएको छ ।

यस्तै वरिष्ठ उपाध्यक्षमा वसन्ती देवी राई, उपाध्यक्षमा खडग ब. पुलामी (बिक्की पुलामी), विमल डांगी, ईत्ना कार्की र राजेन्द्र राई चयन हुनुभएको छ । सचिवमा मधु कुमार गिरी, कोषाध्यक्षमा पुष्कर वराल, सह–कोषाध्यक्षमा पुजा न्यौपाने, युवा संयोजकमा  दिलिप कुमार श्रीस र केन्द्रिय सदस्यमा चिनियालाल श्रेष्ठ, बुद्दीमान घिसिङ, पुष्पा बस्नेत, नविन श्रेष्ठ, माया राई चयन हुनुभएको छ । साथै प्रमूख संरक्षकमा अभय ढुगेलले चयन गरिएको छ ।

क्विन्सको ज्याक्सन हाईट्सस्थित नेपाली भान्छा घरमा सोमबार दिउसो १२ बजेबाट बन्द सत्रको कार्यक्रम हुदै अधिवेसन सुरु भएको थियो । निर्बाचन आयोग समितीमा प्रमुख निर्बाचन आयुक्त सोमनाथ घिमिरे र सदस्यद्वय मनिता गुरुंङ र बिष्णु राना मगरको संयु्क्त टोली थियो । अधिवेसन पर्यवेक्षक समितीमा केशब राम राई, सुमन थाम्साहांग लिम्बु र नवराज केसी हुनुहुन्थ्यो ।