एसराजको कोरियोग्राफीमा ‘ब्राइट इभेन्ट फेसन शो’ सम्पन्न

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

लोकप्रिय अभिनेता तथा मोडल एसराज गराचको कोरियोग्राफीमा ‘ब्राइट इभेन्ट फेसन शो’ सम्पन्न भएको छ । उक्त फेसन शोमा जनकपुर, सिराहा, रौतहट, विरगञ्ज, विराटनगर, दोलखा, भक्तपुर तथा काठमाडौंका मोडलहरुले विभिन्न सिक्वेन्सहरुमा आकर्षक क्याटवाक गर्दै विभिन्न पहिरनहरु प्रदर्शन गर्नुभएको थियो ।

ब्राइट इभेन्ट म्यानेज्मेन्टका राजन बुढाथोकी तथा अनुशा रिजालद्वारा आयोजित उक्त फेसन शो पेप्सीकोलास्थित इन्टरनेशनल डान्स एकेडेमीको परिसरमा सम्पन्न भएको हो । फेसन शोको पहिलो सिक्वेन्समा मोडलहरु दर्शकदीर्घाबाटै उठेर दौडँदै ¥याम्पमा उक्लिनु भएको थियो ।

फेसन शोमा सिराहा, विरगञ्ज तथा जनकपुरका मोडलहरुको प्रस्तुतिलाई दर्शकहरुले हुटिङ गर्दै उत्साह बढाएका थिए । फेसन शोका तीन वटै सिक्वेन्सले दर्शकहरुलाई नयाँ–नयाँ पहिरनको बारेमा जानकारी दिनुका साथै मोडलहरुको आकर्षक भाउभाउले मनोरञ्जन समेत गराएको थियो । फेसन शोमा केही अतिथि मोडलहरुद्वारा गरिएको सिक्वेन्स पनि प्रभावकारी बनेको थियो ।

फेसन शोकै क्रममा केही अघि सम्पन्न मिस ग्लोरियस नेपाल २०२१ का प्रतिस्पर्धिहरु तथा विजेताको विशेष सिक्वेन्स पनि आकर्षक रह्यो । अपेक्षा शेरचन, एञ्जेल राईसहित अन्य केही अन्तर्राष्ट्रिय उपाधि विजेता बालबालिकाको प्रस्तुतिले पनि दर्शकको मन जितेको थियो ।

फेसन शोमा अर्मन सहनी, गौतम ठाकुर, वर्षा श्रेष्ठ, निर्भिक सिंह, राहुल जैसवाल, कुसुम रसाइली, इच्छा अधिकारी अतिथि मोडलको रुपमा सहभागि हुनुहुन्थ्यो । रोजिन शाक्यद्वारा सञ्चालन गरिएको उक्त फेसन शोमा क्याटवाक गर्ने मोडलहरुलाई स्पर्श (अ म्याजिकल टच) ब्युटि इन्स्टिच्यूटले साज/सज्जा गरेको थियो ।