यसबर्ष पनि मिस लिटील नेवाः हुने

आर्टिष्ट खबर/ भदौ , काठमाडौं ।

कोरोना भाइरसको संक्रमणका कारण बिगत दुईबर्ष देखी आयोजना हुन नसकेको मिस लिटील नेवा यसबर्ष भने आयोजना गरिने भएको छ । नेवार समुदायका किशोरीहरुलाई आप्mनो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उद्येश्यले नेप्लीज फेसनहोमले हरेक वर्ष आयोजना गर्दै आएको थियो । तर कोरोना संक्रमणले मानिसहरुको भेला हुन नमिल्ने भएकाले दुईबर्ष यता आयोजना हुन नसकेको हो ।

नेप्लीज फेसनहोमकी अध्यक्ष हेमा मानन्धरका अनुसार मिस लिटील नेवाः यस वर्ष आगामी कात्तिक ६ गते शनिवार राजधानीमा हुनेछ । १३ औं संस्करणको यो प्रतियोतिमा भक्तपुर र काठमाडौंका विभिन्न २० स्कुलबाट २५ जना किशोरी अन्तिम प्रतिस्पर्धामा उत्रँदैछन् ।

प्रतियोगितामा सहभागी किशोरीहरुलाई शुरुदेखि नै नेवारी कला, संस्कृति, धर्म र संस्कारबारे जानकारी दिन नेप्लीज फेसनहोमले हालै पूजाआजाका कार्यक्रम आयोजना गरेको छ । जसअनुसार गणेश चौथीका दिन प्रतियोगितामा सामेल किशोरीहरुलाई जनबहादलस्थित सेतो मछिन्द्रनाथ मन्दिरमा लगी पूजाआजा गराइएको छ । त्यस अवसरमा प्रतियोगि नेवार किशोरीहरुले विश्व शान्ति तथा कोरोनाबाट छुककाराको कामना गर्दै पूजाआजा गरेका थिए ।

वडा नम्बर २५ का अध्यक्ष निलकाजी शाक्यको प्रमूख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विभिन्न विज्ञहरुले सेतो मछिन्द्रनाथको महिमा र ऐतिहासिकतबारे सहभागीहरुलाई जानकारी गराएका थिए । प्रतियोगीहरुलाई लाख बत्तीबाल्नपनि सिकाइएको थियो । त्यसै गरी प्रतियोगीकिशोरीहरुलाई आईतबार महांकाल मन्दिरमा समयबाजी डो बनाउन सिकाएर चढाउन लगाइएको छ । सो अवसरमा समयबाजी डोको महत्वबारे बुझाइएको थियो। समयबाजी डो विभिन्न १४ परिकारबाट तयार पारिएको थियो ।

लिटील मिस नेवाःमिस नेवाःकि फस्ट रनर्सअपप्रियंका तण्डुकार, बेस्ट पर्सनालिटी पलपसाश्रेष्ठ र चार्मिङ पर्सनालिटी प्रजिता श्रेष्ठको कोरियोग्राफीमा हुनेछ। त्यसै गरी मिस नेवाः सुनिता डंगोल र नीतु डंगोलले नेवारी भाषाको प्रशिक्षण दिनेछन् भने विभिन्नविधाका विज्ञहरुले अन्यविषयमा प्रशिक्षण दिनेछन्। हरेक वर्ष नेवार समुदायकायुवतीहरुकाबीचमिस नेवाःआयोजनागर्दै आएको नेप्लीज फेसनहोमकी अध्यक्ष हेमा मानन्धरका अनुसार नेवार समुदायका किशोरी र युवतीहरुको आत्मविश्वास र क्षमता बृद्धीका लागियी प्रतियोगिता आयोजना गरिँदै आएको हो ।