विष्णु माझीको माइतीघर पुग्यो प्रहरी

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नेपाली गीतसंगीत क्षेत्रकी सबैभन्दा महंगी र लोकप्रिय लोकगायिका बिष्णु माझिको पछिल्लो समय अवस्थाबारे चर्चा चलेपछि उहाँको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रहरी स्याङ्जा पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आग्रह गरेपछि प्रहरीले विष्णु माझीको अवस्थाबारे जानकारी लिने प्रयास गरेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको एक टोली विष्णुको माइती घर पुगेर जानकारी लिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीका अनुसार जिल्ला प्रशासन कार्यालयबाट आग्रह आएपछि प्रहरीको टोली विष्णुको माइती घर पुगको हो । तर, उहाको माइतीमा बुवा–आमा र दाजुभाइ कोही पनि नभएकाले खासै धेरै जानकारी पाउन नसकिएको बोगटीले बताउनु भएको छ । विष्णुका सुभचिन्तक तथा स्रोता÷दर्शकले उहाको अवस्थाबारे चासो देखाएपछि राष्ट्रिय मानव अधिकार आयोगले उहाको अवस्था बुझ्न जिल्ला प्रशासन स्याङ्जालाई पत्राचार गरेको थियो ।

केही वर्ष अगाडि जिल्ला प्रशासन कार्यालय स्याङ्जामा उपस्थित भएर विष्णुले आफूलाई पारिवारिक दबाब नरहेको बताउनु भएको थियो । आफू राजीखुसी मिडियामा नआएको बताउनु भएको थियो । विष्णुका श्रीमान् सुन्दरमणि अधिकारीले उहालाई दबाबमा बाहिर आउन नदिएको टिका–टिप्पणी हुँदै आएको छ । तर, उहाँले यो आरोपलाई नकार्दै आउनु भएको छ ।

केही समय अगाडि विष्णुको स्वरमा तिज गीत ‘चरी जेलैमा’ बजारमा आएको थियो । उक्त गीत विष्णुकै जीवनमा मेल खाने रहेको स्रोता तथा दर्शकको अनुमान लगाएका थिए । यद्यपि, सो गीत सुन्दरमणिले नै लेख्नुभएको हो ।  भिडियो निर्देशन पनि सुन्दरमणि कै हो । तर दर्शक तथा स्रोताले भने बिष्णुले आफ्नै जीवनसँग मेल खाने गीत गाइन् भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया जनाइरहेका थिए ।

नेपाली गीतसंगीतको इतिहासमै धेरै पारिश्रमिक लिने गायिकामा बिष्णु पर्नुहुन्छ । उहाँले एकगीत गाएको २ लाख रुपैंया पारिश्रमिक लिने गर्नुभएको छ । उहाँले महिनामा कम्तिमा पनि दश देखी १५ वटा गीत गाउने गर्नुभएको छ । उहाँले गाएका अधिकांश गीत चर्चाको शिखरमा पनि पुग्ने गरेका छन् ।