कवितासङ्ग्रह समयको बयान लोकार्पण

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

कवि मीनकुमार नवोदितको तेस्रो कवितासङ्ग्रह ‘समयको बयान’ लोकार्पण गरिएको छ । शनिबार आयोजित एक समारोहमा प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवसलगायत विभिन्न स्रष्टाहरूले लोकार्पण गर्नुभएको थियो ।

साहित्यिक पत्रकार संघद्वारा आयोजित उक्त कार्यक्रममा वरिष्ठ कवि दिवसले कृतिलाई जत्तिकै स्रष्टालाई पनि सम्मान गर्ने परम्परा विकसित गर्नुपर्ने धारणा राख्नुभयो ।   साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य प्रा. डा. हेमनाथ पौडेलले कवि नवोदितका कवितामा आजको समयको प्रतिबिम्ब पाइने बताउनु भयो । कार्यक्रममा  समालोचक ज्ञानु अधिकारी, कविहरू विमल भौकाजी, महेश पौडेल, उमेश राई अकिन्चन, मन्जिला अनिल, शुभलक्ष्मी लम्साल, रामगोपाल आसुतोष र शकुन्तला जोशीले कवि नवोदितका लोकार्पित कृर्तिबाट एक एक कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा आयोजक संस्थाका सदस्य डा. दामोदर पुडासैनी किशोरले स्वागत भाषण गर्नुभयो भने कार्यक्रमको सञ्चालन कवि मनोज नेउपानेले गर्नुभएको थियो । कार्यक्रममा सापसका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, डा. गार्गी शर्मा, महेश प्रसाई, श्रीॐ श्रेष्ठ रोदन, भागीरथी श्रेष्ठ, पुष्कर लोहनी, युवराज नयाँघरे, राजेन्द्र गुरागाई, प्राज्ञ गङ्गा सुवेदी, विधान आचार्य, श्याम प्रधान, प्रधुम्न जोशी, जयदेव भट्टराई, राजेश खनाल, प्राज्ञ नन्दु उप्रेती, ऋषवदेव घिमिरे, कमला रिसाल, मीरा गोतामे, डा. शान्तिमाया गिरि, रन्जना निरौला, विजय कट्टेल छहरा, कृष्ण भण्डारी मार्सेली, नीता श्रेष्ठ , विन्दु अधिकारी ढकाल, सरिता तुलाधर, इन्द्रकुमार श्रेष्ठ सरित, सोझो गाउले, महेश कार्की क्षितिज, प्रकाश घायल, मीना श्रेष्ठ, राधिका गुरागाई, तारानाथ गौतम, टेक तामाङ, अनुज श्रेष्ठ पृथक आदिको उपस्थिति रहेको थियो ।

समयको बयान कविता सङ्ग्रह रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो  ।