‘हान्छु तिमीलाई लौरीले’ गीत हटाउन माग

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

खेम सेन्चुरी र कमला घिमिरेको स्वरमा दुईमहिना अघि सार्वजनिक भएको ‘लरी लरी लै–२ ‘हान्छु तिमीलाई लौरीले’ बोलको गीतको शब्द बारे नेपाल मौरीपालक महासंघले आपत्ति जनाएको छ ।

महासंघले विज्ञप्ति जारी गरी उक्त शब्दले मौरीपालक किसानलाई दुखितसँगै अन्यौलता सिर्जना गरेको दाबी गरेको छ । मौरीले तोरीको परागशेचनमा सहयोग गर्नेमा झन तोरी खायो भनेर गलत सन्देश दिएको र गीतमा पागल तथा बहुलठीपन प्रयोग भएकोले गीत बन्द गर्न समेत महासंघले माग गरेको छ । यस गीतको शब्द नेत्र अर्यालले लेख्नुभएको हो । मौरीपालक महासंघले जारी गरेको विज्ञप्ति हेरेपछि आफूलाई आश्चर्य लागेको नेत्रले बताउनु भएको छ ।

नेत्रले मौरीले जसरी तोरी लगायत अन्य फलफूलबाट मेहेनत गरेर गुलियो मह बनाउँछ । त्यसरी नै नानीबाबुहरुले पनि मेहेनत गरेर पढ्नुपर्छ भन्ने शब्दको अर्थ रहेको बताउनु भएको छ ।  बालबालिकालाई पढ्न उत्प्रेरणा दिने उद्देश्यले गीत सिर्जना गरेका उहाको भनाई छ ।

विज्ञप्तिमा गीतप्रति लक्षित गर्दै प्रयोग भएका ‘पागल तथा बहुलठीपन’ शब्द प्रति पनि उहाले आप्पति जनाउनु भएको छ । महासंघले गीत बन्द गर्न समेत माग गरेको छ । तर अर्याले भने लाखौँ खर्च गरेको गीत नहटाउने बताउनु भएको छ । साथै विज्ञप्ति जारी गर्नुभन्दा अघि आफूहरुसँग सल्लाह गरेको भए राम्रो हुने उहाको तर्क छ ।