अब ‘सक्किगोनी’ पाँडे जिग्रीको आफ्नै युट्युव ‘जे.पि.टी क्रिएसन’मा आउने

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नेपाली लोकप्रिय टेलिश्रृंखला 'सक्किगोनी' अब फरक युट्युव च्यानलबाट प्रसारण हुने भएको छ । ओ.एस.आर डिजिटलबाट प्रसारण भइरहेको 'सक्किगोनी' अब सिजन २ को भाग ३४ बाट जे.पि.टी क्रिएसन अफिसयल युट्युवबाट आउने पक्का भएको हो । ओ.एस.आर. डिजिटलसँगको ५२ भाग प्रसारणको सम्झौता मिति सकिएकाले अब आफ्नै युट्युवबाट प्रसारण गर्ने निर्णय गरिएको 'सक्किगोनी'का कलाकार तथा निर्देशक कुमार कट्टेल (जिग्री)ले जानकारी दिए ।

'दर्शकहरुको मायाकै कारण आज हामी यहाँसम्म छौं । ओएसआरसँग ५२ भागसम्मको सम्झौता थियो तैपनि ६० भाग प्रसारण भइसकेको छ । अब हाम्रो आफ्नै च्यानलमा ल्याउने निर्णय गरेका हौं ।', कुमारले आर्टिष्ट खबरसँग कुरागर्दै भने ।

यस्तै अर्का कलाकार तथा निर्देशक अर्जुन घिमिरे (पाँडे)का अनुसार अब निरन्तर आफ्नै युट्युव च्यानल जे.पि.टी क्रिएसन अफिसयलबाट अपलोड हुनेछ । सक्किगोनी पछिल्लो समयको नेपालको सर्वाधिक लोकप्रिय टेलिश्रृंखला हो । हिमालय टेलिभिजनबाट प्रत्येक बिहीबार राती ८ बजे प्रसारण हुँदै आएको सक्किगोनी युट्युवमा ९ बजेबाट हेर्न सकिनेछ ।

बुझिए अनुसार सक्किगोनीलाई जिग्री र पाँडेको टिमले ओटिटी प्लेटफर्ममा पनि राख्ने तयारी गरिरहेको छ । तर यस बिषयमा अहिलेनै टुंगो नलागेकोले जिग्री पाँडेले यो बिषयमा भने बोलेका छैनन् । यदि ओटिटी प्लेटफर्ममार्फत आउने भयो भने युट्युवबाट हेर्न पाइनेछैन । ओटिटी प्लेटर्फममा दर्शकले सिमित रकम तिरेर हेर्नुपर्नेछ । सक्किगोनीमा अर्जुन घिमिरे, कुमार कट्टेल, सागर लम्साल, हरिश निरौला, दीपक आचार्य, सुवोध गौतम, रक्षा श्रेष्ठ, प्रियना आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ । आउँदो बिहीबारबाट प्रसारण हुने जे.पि.टी क्रिएसन अफिसयल युट्युवमा जान यहाँ क्लिक गर्न सक्नुहुनेछ ।