जब अभिनय गर्दागर्दै लक्ष्मीको आँशु खस्यो

गोपिकृष्ण चापागाईं/ असोज, काठमाडौं ।

गायक रमेशराज भट्टराईले बैदेशीक रोजगारीमा गएको युवाको कथामा एक गीत तयार पार्दैहुनुहुन्थ्यो । उक्त गीतको भिडियोमा कुन कलाकारलाई छनोट गर्ने भन्ने बिषयमा दोधार भइरहदा निर्देशक शंकर बिसीसँग सल्लाह लिनुभयो । रमेशले गीतको परिवेश बताउने बित्तिकै निर्देशक बिसीको दिमागमा लक्ष्मी बर्देवा र जिवन भट्टराईलाई सम्झना गर्नुभयो र रमेशलाई सुनाउनु भयो ।

‘लक्ष्मी बर्देवा र जिवन भट्टराईलाई राखौं, हाम्रो गीतको परिवेशमा उहाँहरुलाई राख्दा न्याय हुन्छ भनेर शंकर जीले भनेपछि मलाई पनि प्रफेक्ट हुन्छ भन्ने लाग्यो र उहाँहरुलाई छनोट गरिएको हो ।’ गायक रमेशराजले भन्नुभयो । कलाकार लक्ष्मीले पनि भिडियोका लागी अफर आएपछि सुन्नेबित्तिकै राम्रो लागेको र निर्माण टिमको अफर तरिका आफूलाई अझ मन परेको बताउनु भयो । ‘निर्देशक शंकर जीले जिवन जीलाई गीत पठाएर कस्तो लाग्छ हेरेर भन्नुस है भन्नुभयो । त्यो नै हामीलाई मनपर्छ । कतिले सिधै तपाईहरुको पारिश्रमिक कति हो भनेर सोध्नुहुन्छ । गीत कस्तो, टिम कस्तो थाहा हुँदैन सिधै पारिश्रमिकको कुरा गर्दा चित्त नबुझ्ने हो ।’ लक्ष्मीले भन्नुभयो । ‘कुनैपनि कलाकारको पारिश्रमिक टिम र त्यो टिमको ब्यवहारमा पनि भरपर्छ ।’ उहाँले शंकरले गरेको अफर र बोली बचन मनपरेको र गीतपनि उत्तिकै मिठो भएकाले काम गर्ने निर्णय दिएको जानकारी दिनुभयो ।

गायक रमेशराजले पनि लक्ष्मी र जिवनको अभिनय पहिले देखी नै हेर्न आएको र भिडियो बनेपछि पनि कलाकारले न्यायपुर्ण तरिकाले काम गरिदिनुभएकोमा खुसी ब्यक्त गर्नुभयो ।

रातमा निन्द्रा दिनमा भोक छैन, परदेशमा बस्ने रहर हैन ।

परदेशले उमेर लुट्यो सबै, सपना जति टुट्ुयो सबै ।।

एकदुईसाल नगर कर, रित्तो हात कसरी फर्कौ म घर ।।

यी उल्लेखीत शब्द दुईदिन अघि सार्वजनिक रमेशराजको नयाँ गीत ‘भन साँइला’मा समावेश शब्द हुन् । एक युवा आर्थिकस्थिती कमजोर भएकै कारण बैदेशीक रोजगारमा जान्छन् र घरमा रहेकी श्रीमती र ती युवाले गरेको कुराकानी गीतमा देखाइएको छ । गीतको अन्तिम तिर तिनै युवा दुर्घटनामा परी हात गुमाउन पुग्छन र घर फर्कन्छन् । यो कथा अधिकांश नेपालीहरुको वास्तविक कथा भएको गायक रमेशराजले बताउनु भयो । उहाँका अनुसार ठ्याक्कै कसैको कथालाई साभार नगरेको भएपनि अधिकांश नेपालीको परिवारसँग मिल्ने उहाँको तर्क छ । उहाँ अगाडी भन्नुहुन्छ, ‘म पनि गाउँमा घाँस दाउरा गर्दै घुर्केको मान्छे हुँ । मैले गाउँमा प्रत्यक्ष देखेको छु कि परदेश जान पाए त राम्रो घर बनाउन सकिन्थ्यो होला, मनग्य पैसा कमाउन सकिन्छ होला भन्ने हुन्छ र धेरे युवाहरु परदेश जानुहुन्छ तर सबैले आफ्नो सपना पुरा गर्न सक्नुहुन्न । त्यो मध्येको एकको कथा हो यो ।’

नेपालबाट बैदेशीक रोजगारीमा गएका ३० लाख बढी युवाहरुमध्ये विमानस्थलमा दैनिक तीन वटा शव नेपाल आउने कुराले कलाकार लक्ष्मी भावुक बन्नुभयो । उहाँले आफूले पनि आफूसँग नजिकका परिवारको घरमा बैदेशीक रोजगारीबाट दुख पाएर फर्किएको देखेको र निकै पिडा महसुस गरेको सुनाउनु भयो । गीतको शब्द अनुसार भिडियोमा अभिनय गर्दा आफ्नो आँखु खसेको लक्ष्मीले बताउनु भयो । ‘गीत यति मार्मिक थियो कि सुटिङको क्रममा जब स्टोरीमा डुबेको थिएँ मेरो आँशु खसेको थियो ।’ लक्ष्मीले भन्नुभयो । ‘घर छाडेर पैसा कमाउन श्रीमान परदेश गएका छन् घरमा श्रीमती छिन् । नत श्रीमानको राम्रो कमाई भएको छ नत घरमा बुहारीले जसनै पाउँछिन् । त्यस्तो अवस्था देखेर कसको मन रुदैन होला र ।’

भिडियोमा देखाइए जस्तै लक्ष्मी र जिवन वास्तविक जीवनको पनि श्रीमान श्रीमती हुनुहुन्छ । जिवनले आफूलाई पनि कुनैसमय बैदेशीक रोजगारीमा जाने सोँच आएको सम्झनुहुन्छ । उहाँले भन्नुभएको छ, ‘म कलाकारितामा प्रवेश गर्नुपुर्व मलाई पनि सोचाई आएको थियो कि बिदेश गएर टन्न पैसा कमाउन पर्छ कि भन्ने । तर पछि कलाकारितामा आइसकेपछि त्यो सोच्नुपरेको छैन ।’ यस्तै लक्ष्मीले पनि केहि समयअघि बिदेश गएर पैसा कमाएर नेपाल फर्किएर केहि गर्नुपर्छ कि भन्ने सोच कुनैसमय पलाएको बताउनु भयो । अहिले भने दुबैजना कलाकारिताबाट सन्तुष्ट रहेकाले बैदेशीक रोजगारीमा जाने मनशाय नभएको बताउनुहुन्छ । उहाँहरुले गर्न चाहाने युवाहरुका लागी नेपालमै पनि प्रसस्त अवसरहरु रहेको बताउनुभयो ।

रमेशराजको सार्वजनिक ‘भन साँइला’ गीतमा रमेशसँग रचना रिमालको स्वर रहेको छ । गीतमा लय तथा शब्द रमेशराजकै रहेको छ भने कन्सेप्ट रोहित गौतमको रहेको छ । शंकर बिसीले निर्देशन गर्नुभएको भिडियोमा जिवन र लक्ष्मीको साथमा सन्तोष पन्त, संगम भण्डारी लगायतको अभिनय रहेको छ । दुर्गा पौडेलले खिच्नुभएको भिडियो नविन घर्ति मगरले सम्पादन गर्नुभएको हो ।

(समाचार आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)

Song Video: Click Here