‘हिजो आजका कुरा’ प्रदर्शनको तयारीमा

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

सामाजिक कथानक फिल्म ‘हिजो आजका कुरा’ प्रदर्शनका लागि माहौल बनाउन लागीपरेको छ । फिल्मका निर्देशक साकार पन्तले शुक्रबार राष्ट्रिय चलचित्र दिवस (असोज १) को अबसरमा सम्पूर्ण चलचित्रकर्मी तथा चलचित्रप्रेमीमा शुभकामना ब्यक्त गर्दै आफूहरु फिल्म रिलिज गर्न आतुर रहेको बताएका हुन् ।

प्रदर्शनका लागि सम्पूर्ण तयारी सकेर प्रचारप्रशारलाई तीव्रता दिदै गर्दा ०७६ चैत्र ११ देखि भएको लकडाउनको मारमा परेको ‘हिजो आजका कुरा’ अब छिट्टै नै दर्शकमाझ आउने तयारीमा जुटेको छ । ‘हामी फिल्म रिलिज गर्न निकै आतुर छौ । त्यसकारण हलसंचालक,बितरकहरुसँग छलफल गरिरहेका छौ,’ निर्देशक पन्त भन्छन्,‘अहिले कोरोना संक्रमण घट्दै गइरहेको र जनजीवन पनि सामान्य बन्दै गइरहेको छ । सरकारले हल खोल्न अनुमति दिइसकेको छ । त्यसकारण अब हामी फिल्म प्रदर्शनको तयारीमा लागेका छौ । चलचित्र बिकास बोर्ड, हल संचालक, बितरक,दर्शक, सबैको साथ भएमा चलचित्र क्षेत्र चलायमान गराउनका लागि आफुहरु अघि बढ्न तयार रहेको उनी बताउछन । उनले केही दिनमै फिल्मको प्रदर्शन मिति तय हुने जानकारी दिएका छन् ।

‘हिजो आजका कुरा’ ०७७ बैशाख १२ गते प्रदर्शन हुने तयारीमा थियो । सोहीअनुसार प्रचारप्रशार पनि सुरु भइसकेको थियो । तर, कोरोना भाइरसका कारण भएको देशब्यापी लकडाउनले गर्दा अझैसम्म पनि हलहरु संचालनमा आउन सकेका छैनन् ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा बरिष्ट अभिनेता सन्तोष पन्तको कथा र निर्माणमा सकार पन्त निर्देशीत फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव पन्त,रिमा बिश्वकर्मा,जयनन्द लामा,जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन् । रवि सायमीले खिचेको फिल्ममा सन्दीप किस्नाको पटकथा छ । फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त,सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । फिल्मको ‘माया जदौ’ गीत युट्युवमा अहिलेसम्म झण्डै २ करोड ४० लाख पटक हेरिसकिएको छ ।

भिडियो