बिमलको लाइफस्टाइलः ३ करोडको घर, ५० लाखको गाडी

गोपिकृष्ण चापागाईं/ असोज, काठमाडौं ।

साधारणतया नेपालीहरुको सपना राम्रो परिवार, घरसँगै आफ्नै गाडी होस् भन्ने हुन्छ । जीन्दगी भरी जीवन सहज तरिकाले चलोस्, दुख धेरै नहोस्, राम्रो ठाउँमा घर होस्, यताउता गर्न सवारी होस् भन्ने चाहाना जोकोहिले राख्छन् । तिनै इच्छाहरु पुरा गर्नका लागी बिभिन्न दुखकष्ट झेल्नुपरेको हुन्छ । सपना पुरा गर्न कतिपयले रोजगारी गर्छन त कतिपयले बिभिन्न ब्यवसाय ।

यस्तै नेपाली कलाक्षेत्रमा पनि यो बिषयमा निकै चर्चा चल्छ । कलाकारितामा प्रवेश गर्दैगर्दा अधिकांश कलाकारहरुको एउटै इच्छा हुन्छ, काठमाडौंमा घर र गाडी होस् । कतिपयलाई त्यहि सपना पुरा गर्न निकै संघर्ष गरिरहनुपर्छ त कतिपयले सहजै चर्चासँगै मनग्य आम्दानी पनि गरेको देखिन्छ । यस्तै नेपाली  कलाकारिता क्षेत्रमा १४ बर्ष अगाडी प्रवेश गरेर कलाकारिताबाटै काठमाडौंमा घर जग्गा जोडेर, गाडी किनेर आफ्नै लाइफस्टाइलमा जिउने कलाकार हुनुहुन्छ बिमल अधिकारी । स्याङ्जामा जन्मिनु भएका बिमल बि.स. २०६३ सालमा मात्र ८ हजार रुपैंया लिएर काठमाडौं प्रवेश गर्नुभएको थियो ।

‘मैले अहिले पनि सम्झन्छु, मेरो खल्तीमा जम्मा ८ हजार थियो । कलाकारितामा केहि गर्नुपर्छ भनेर काठमाडौं आएको थिएँ । सुरुवातका केहिबर्ष निकै दुख भोग्नुपनि परेको थियो ।’ बिमलले हिमालय टाइम्ससँग कुरागर्दै भन्नुभयो । ‘कलाकारितामा भविष्य बनाउनुपर्छ भनेर आएको थिएँ र निरन्तर लागिरहेँ ।’ कलाकार बिमलले आज यो स्थानसम्म पुग्नका लागी निकै संघर्ष गरेको स्मरण गर्नुहुन्छ । उहाँले काठमाडौं आइसकेपछि पाँच देखी सातबर्षसम्म त संघष नै गरेको बताउनुभयो ।

बिशेष गरी बिमल म्युजीक भिडियोमा मोडलिङ गर्ने कलाकार हुनुहुन्छ । आधुनिक र लोकगीतमा बढि मोडलिङ गर्ने बिमलको आफ्नै म्युजीक कम्पनी ‘भावना म्युजीक सोलुसन’ छ । उहाँले अहिलेसम्म झण्डै १५ सय म्युजीक भिडियोमा अभिनय गरेको बताउनुहुन्छ । झण्डै तीनसय बढी गीत आफूले सिर्जना गरेको पनि बताउनुहुन्छ । बिमलले अघि भन्नुहुन्छ, ‘मैले जानेको काम गर्दै अगाडी बढेको हुँ, दर्शकले मोडलिङमै बढी मन पराइदिनुभएकोले मोडलिङलाई निरन्तरता दिएँ । हुन त मैले गीत लेख्ने र गाउने गरेको पनि छु । तीनवटा गीत गाएँ तर गीत चल्न नसकेनन् र गाउन छाडिसकेँ । गीत लेखनमा भने सक्रिए नै छु ।’

Video Interview:

बिमलले काठमाडौंको बनस्थलीमा साढे तीन तला घर बनाउनुभएको छ । केहिबर्ष अघिनै घर किनिसक्नु भएका बिमलले उक्त घर बिक्रि गरेर अर्को घर बनाउनुभएको हो । बिमलकै अनुसार उक्त घरको अहिलेको मुल्य ३ करोडको आसपासमा पर्छ । काठमाडौंमा घर र गाडी आवश्यकता कि रहर भन्ने हाम्रो प्रश्नमा बिमल भन्नुहुन्छ, ‘एउटा कलाकारलाई घर र गाडी आवश्यकता पर्छ । परिवारसँग बस्नका लागी सधैं भाडामा गाह्रो हुन्छ । त्यस्तै सुटिङ भइरहन्छ, बिभिन्न ठाउँमा जानुपर्छ । त्यसका लागी गाडी आवश्यका पर्ने भएरै किनेको हुँ ।’

बिमलले एक महिना अघि मात्रै ‘निशान म्याग्नीट’को रातो कार किन्नुभएको छ जसको मुल्य ४७ लाख रहेको छ । यस्तै इन्सुरेन्स तथा डेकोरेसन आदी गर्दा ५० लाखको आसपासमा खर्च भएको बिमलले जानकारी दिनुभयो । बिमलले कुनै समय महिनामा ४३ वटा म्युजीक भिडियोमा काम गरेको बताउनुभयो । ‘दशैंको बेलामा हो, महिनामा ४३ वटा भिडियोमा काम गरेको सम्झन्छु ।  निकै मिहिनत गर्न रुचाउने मान्छे हुँ, अझैपनि उत्तिकै मिहिनत गर्छु । आफ्नो कर्ममा रमाउन चाहाने मान्छे हुँ ।’ बिमलले भन्नुभयो । ‘म बढी सेन्टिमेन्टल गीतमा अभिनय गर्ने भएकाले दिनमा २ वटा म्युजीक भिडियोमा पनि काम गरेको छु ।’

बिमलले अत्यधिक ब्यस्त भएको समयमा कुनै महिनामा १५ लाख रुपैंया सम्म आम्दानी गरेको सुनाउनुभयो । तर सधैं त्यो स्तरको कमाई भने नहुने बताउनुहुन्छ । अहिले पनि बिमलले मासिक तीनदेखी चारलाखसम्म आम्दानी गर्ने बताउनुहुन्छ । बिमलले आफैले लगानी गरेर पनि म्युजीक भिडियो निर्माण गर्नुहुन्छ । बिमलले अभिनय गरेका भिडियोहरु मध्ये ‘मलाई दुख्दा दुख्ने मुटु, जो बिना एक पल, तिमी बिना बाँच्ने भए, कल्ले बोलायो, झ्यालैमा, सुने खबर असल साथी पाकि छौरे, ए भुपुमाया, झ्यालमा पर्दा छ’ दर्शक तथा स्रोताले अत्यधिक मन पराएका गीत हुन् ।

बिमलले काठमाडौंमा घर र गाडी जोडेरमात्र आफ्नो सपना पुरा नभएको बताउनुभयो । त्यस्तो अन्य ठुलो सपना केहो भन्ने हाम्रो प्रश्नमा उक्त सपनालाई मिडियामा खुलाउन भने चाहानुभएन । तर उहाँले आफ्नो जीवनकै ठुलो सपनाको रुपमा त्यो कुरालाई लिएको बताउनुहुन्छ । बिमलका अनुसार केहि बर्षमा त्यो सपना पुरा हुनसक्ने आंकलन गर्नुभयो ।

(समाचार आजको हिमालय टाइम्समा प्रकाशित छ)