छायांकनको क्रममा कलाकार रमेश केसीको निधन

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं ।&nbsp;&nbsp;</b></pre><p style="text-align: justify; ">कलाकार रमेश केसीको एक भिडियो छायांकनको क्रममा निधन भएको छ । ६९ बर्षिय रमेशको आज (आइतबार) बिहान ९ बजे छायांकन सेटमै एक्कासी बेहोस हुन पुग्दा निधन भएको थियो ।&nbsp; &nbsp;</p><p style="text-align: justify; ">कलाकार उत्तम केसीका अनुसार रमेश छायांकन सेटमा पुगेर केही समयपछि उहाँ बेहोस हुनु भएको थियो ।बेहोस भए लगतै उहाँलाई गंगालाल हृदयरोग केन्द्रमा पुर्याइएको थियो । अस्पताल पुर्याइए लगतै उहाँलाई मृत घोषित गरिएको हो । कलाकार केसीको आइतबार नै पशुपति आर्यघाटमा अन्येष्टि गरिएको छ ।&nbsp;</p><p style="text-align: justify; ">नाटक ‘अन्जान’बाट आफ्नो अभिनय यात्रा सुरु गर्नुभएका कलाकार केसीले&nbsp; ‘के सक्कली के नक्कली , यमपुरीमा जिउँदो मान्छे, क्रसमा टाँगिएको जिन्दगी, मुनामदन, पृथ्वीनारायण, मोदीआइन, एकेएन लगायतका नाटकमा अभिनय गर्नुभएको थियो ।&nbsp; यस्तै, उहाले ‘जे भो राम्रै भो, रहर, लोभी पापी, चङ्गा’ लगायतका चलचित्रमा अभिनय गरेका थिए । कलाकार केसीले ‘ हर्के हवल्दार, तितो सत्य, अब अती भो, च्वास्स चुस्स, आफ्नै कथा, एकादेशको चुरीफुरी, लक्ष्मी र आम्मै’ लगायतका सिरियलमा समेत काम गर्नुभएको थियो ।&nbsp; वि.सं २००९ सालमा जन्मिएका रमेशको २ छोरा, ३ छोरी र श्रीमती छन् ।&nbsp;</p>