नेपाल मगर संजाल क्लवको पहिलो वार्षिकोत्सव रारा किचन गल्कोपाखामा सम्पन्न

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

गतवर्ष स्थापना भएको नेपाल मगर संजाल क्लवले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ । शनिबार राजधानीको गल्कोपाखास्थित रारा किचन एण्ड ग्रिलमा आयोजीत कार्यक्रममा बिभिन्न कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा ख्याती कमाएका मगरहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा प्रमूख अतिथीको रुपमा नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोकामगर हुनुहुन्थ्यो । उहाँले संजाल क्लवलाई स्थापनाको पहिलो वर्ष पार गरेकोमा शुभकामना दिनुभयो । कार्यक्रममा त्रिभुवन विस्वविद्यालयका प्राध्यापक टुक रानामगर, सो क्लवकी कानुनी सल्लाहकार अधिवक्ता धनमाया रानामगर, नेपाल मगर संघ भोजपुरका अध्यक्ष लिला मगर, संजाल क्लवका सल्लाहकार भीम प्रकाश बाँठामगर, प्रकृति पूजक मगर संघका अध्यक्ष नन्द घर्तीमगर लगायतले संजाल क्लवको वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

आयोजित वार्षिकोत्सव कार्यक्रममा नेपाल मगर संघ दुवईका अध्यक्ष भूवन मगर, सदस्य चन्द्रा पुलामीमगर, नेपाल मगर विद्यार्थी संघका पूर्व उपाध्यक्ष चित्र पुलामीमगर, नेपाल मगर संघ कर्णाली प्रदेशका उपाध्यक्ष मनु बुढामगर, ढोरपाटन क्लवका उपाध्यक्ष किरण घर्ती घायल, हास्यव्यंग्य कलाकार खड्गबहादुर पुन मगर ‘खबपु’, लोकप्रिय गायिका तारा श्रीषमगर, गायकहरु गोविन्द पुनमगर, विजय ठाडामगर, कपिल पुनमगर, सुनिल थापामगर, टुहुरा बालबालिकाकी आमा तथा एकीकृत सिर्जनशील समाज (बालगृह)की आमा, सामाजिक अभियन्ता जुनु पुनमगर लगायतको उपस्थिति रहेको थियो ।

नेपाल मगर संजाल क्लवको वार्षिकोत्सवको अवसर पारेर मगर जाति, समुदायबाट राष्ट्रलाई योगदान गरेर मगर जाति, समुदायको उत्थानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै विभिन्न व्यक्तित्वहरुलाई प्रसंशा पत्र दिएर सम्मान गरियो । सो अवसरमा नेपाल मगर संजाल क्लवले वर्ष २०७७ को ‘मगर वर्ष व्यक्तित्व’ घोषणा गरेकी समाजसेवी, अभियन्ता, आमाबिहीन बालबालिकाकी आमा तथा एकिकृत सिर्जनशील समाज (बालगृह)कि आमा जुनु पुनमगरलाई सम्मान गरियो ।

सो अवसरमा हाँस्यकलाकार खड्ग बहादुर पुनमगर ‘खबपू’,’द भ्वाइस अफ नेपाल’ सिजन ३ मा दोस्रो स्थान प्राप्त गर्न सफल गायिका तारा श्रीषमगर, सोही गायन प्रतियोगितामा आठौँ स्थानमा पुग्न सफल गायकद्वय गोबिन्द पुन मगर र बिजय ठाडामगर, सोही गायन प्रतियोगिताका उत्कृष्ट प्रतियोगीहरु कपिल पुन मगर र सुनिल थापा मगरलाई पनि सम्मान गरिएको थियो । वार्सिकोत्सवकै दिन जन्मदिन परेका गायक कपिल पुनमगरको जन्मदिन पनि सोही अवसरमा मनाइएको थियो।

Video: