दर्शकको विश्वास टुट्न दिनेछैनः भरतमणी

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

कमेडी च्याम्पियन सिजन–२ को उपाधि जित्नुभएका भरतमणि पौडेलले दर्शकको विश्वालाई आफूले टुट्न नदिने बताउनु भएको छ । दर्शकले ठुलो आशा गरेर कमेडी च्याम्पियनको उपाधि आफूलाई थमाएको र अब दर्शकका लागी आफूले धेरै काम गर्न बाँकी रहेको बताउनु भएको छ ।

‘मलाई भोट गरेर आज यो उपाधि दिलाउनु हुने सम्पुर्ण दर्शक, शुभचिन्तकहरुमा ह्दय देखी नै धन्यवाद दिन चाहान्छु । मलाई जुन विश्वासले आज यहाँसम्म पुर्याउनु भएको छ । त्यो विश्वास टुट्न दिने छैन ।’ भरतले भन्नुभयो । ‘मेरो जिन्दगीको कलाकारिताको यात्रा बल्ला सुरु भएको छ अब धेरै गर्न बाँकी छ ।’

शनिबार राती अबेरसम्म भएको फिनाले कार्यक्रममा भरतमणीले उपाधि हातपार्नुभयो भने भारत सिक्किमका विक्की अग्रवाल फस्टरनरअप र गोरखाका सन्तोष थापा सेकेण्डरनरअप हुन सफल हुनुभयो । भरतले उपाधिको टाइटलसँगै कार र २५ लाख रुपैंया उपहार पाउनु भयो भने विक्कीले मोटरसाइकल र सन्तोषले स्कुटर उपहार पाउनुभयो ।  भरतमणिलाई नेकपा एमालेका नेता तथा पूर्व मन्त्री योगेश भट्टराई र नेपाली कांग्रेसका युवा नेता गगन थापाको साथ थियो ।

गोरखाका सन्तोष थापालाई पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको साथ थियो । सिक्किमका बिक्की अग्रवाललाई मुख्य मन्त्री प्रेम सिंह तामाङको साथ थियो । बिक्कीलाई मुख्य मन्त्री तामाङले ६ लाख आईसी दिएर सेमिफाइनल अगाडि नै भोटका लागि सहयोग गर्नुभएको थियो । पछि फाइनलका लागि पनि भोटको क्याम्पेनिङमा उहाले सहयोग गर्नुभएको थियो ।

भरतमणिलाई योगेशले यसअघि नै आफ्नै पहलमा ६ लाख रुपैयाँको पुरस्कारको घोषणा गरिसक्नुभएको थियो । कमेडी च्याम्पियनको पहिलो सिजनको विजेता हिमेश पन्त बन्नुभएको थियो । शोको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई थिए । शो निर्देशन विशाल भण्डारीले गर्नुभएको थियो ।

Video: