कवितासंग्रह ‘धमिलो बिहान’ सार्वजनिक

आर्टिष्ट खबर/ असोज, भक्तपुर ।

सिर्जना अभियान समाजले आयोजना गरेको कार्यक्रममा कवितासंग्रह ‘धमिलो बिहान’ सार्वजनिक गरिएको छ । कवितासंग्रह कवि तथा कथाकार सुरेन्द्रलाल भुजूले लेख्नुभएको हो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले काव्यकृति विमोचन गर्नुभयो । विमोचन मन्तव्य दिँदै उपाध्यायले मानवीय भावना र संवेदनाका साथै बौद्धिकता पनि मिसिएको कविता प्रभावकारी हुने उल्लेख गर्नुभयो ।

कथाकार ध्रुव मधिकर्मीले काव्यकृतिमाथि टिप्पणी गर्दै पाठकका लागि प्रकाशित कृति रुचिकर हुने बताउनु भयो ।कार्यक्रममा कवि सुरेन्द्रलाल भुजूसहित सुवासचन्द्र ढुंगेल, उदय निरौला, रामेश्वर भुजू, रामगोपाल आशुतोषलगायतले मन्तव्य राख्नु भएको थियो ।