अक्षयको बेल बटमले ५० करोड कमायो

...

<pre style="margin-bottom:0in;margin-bottom:.0001pt;text-align:
justify"><b>मुम्बई (एजेन्सी)&nbsp;</b></pre><p class="MsoNormal" style="margin-bottom:0in;margin-bottom:.0001pt;text-align:
justify">बलिउड अभिनेता अक्षय कुमार स्टारर चलचित्र ‘बेल बटम’को आम्दानी सार्वजनिक भएको छ । सुरुवाती दिनमा बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न नसकेको यो चलचित्रले रिलिजको एक महिना पूरा हुँदै गर्दा ५० करोड कमाएको छ ।</p><p class="MsoNormal" style="margin-bottom:0in;margin-bottom:.0001pt;text-align:
justify">कोभिडपछि सिनेमा हलमा प्रदर्शन भएका फिल्ममध्ये स्वदेश (भारत) मा सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड ‘बेल बटम’ ले बनाएको हो । चलचित्र गत १९ अगस्टमा प्रदर्शनमा आएको थियो । चार दिने विकेन्डमा १३ करोड २५ लाख कमाएको चलचित्रले प्रदर्शनको एक महिनामा घरेलु बक्सअफिसमा ३० करोड छापेको छ । त्यस्तै, विदेशमा यो चलचित्रले २० करोड कमाई गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । देश र विदेशको कमाई छाड्ने हो भने चलचित्रले प्रदर्शनको एक महिनामा ५० करोड कमाउन सफल भएको छ । ४५ करोडमा बनेको चलचित्रले लगानी उठाएको छ ।&nbsp;&nbsp;</p><p class="MsoNormal" style="margin-bottom:0in;margin-bottom:.0001pt;text-align:
justify">यो चलचित्रको छायांकन कोरोना महामारीको समयमा भएको थियो । अब ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुन लागेको चलचित्रलाई रञ्जीत एम तिवारीले निर्देशन गर्नुभएको हो । चलचित्रमा अक्षयका अलावा वाणी कपूर, हुमा कुरैशी, आदिल हुसेन र लारा दत्ताको पनि अभिनय रहेको छ । चलचित्रमा लाराले भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाह गर्नुभएको छ ।</p>