मराठी नायिका ईश्वरीको निधन

मुम्बई (एजेन्सी)

भारतको पुणेमा बस्ने मराठी नायिका ईश्वरी देशपाण्डेको सवारी दुर्घटनाबाट पानीमा डुबेर निधन भएको छ । साथै ईश्वरीको साथी शुभम डेगेको पनि निधन भएको जनाइएको  छ ।

प्रहरीले दुबैको शव सोमबार उत्तरी गोवाको अरपोरा इलाकामा गहिरो पानीमा डुबेको कारभित्र भेटेको थियो । ईश्वरीको कपहिलो मराठी फिल्म रिलिज हुने तयारीमा थियो । २५ वर्षीय नायिका तथा उनका २८ वर्षीय साथी शुभम डेगेको मृत्युको विषयमा गोवा प्रहरीले यी दुई चढेको कार तीब्र गतिमा भएको र यो अनियन्त्रित भएपछि पानीमा खसेको जानकारी दिएको छ ।

कार कसले चलाइरहेका थिए भनेर यकिन जानकारी पाउन नसकिएको पनि प्रहरीले बताएको छ । सेन्ट्रल लक लगाइएका कारण यी दुबै कारबाट बाहिर निस्कन नपाएको र बेलुका करिब ७ बजे उद्धारकार्य सुरु भएको थियो । रातभरी चलेको अभियानपछि मंगलबार बिहान मात्रै उनीहरुको शव निकाल्न सकिएको थियो ।