‘सक्किगोनी’मा चारमहिना पछि फर्किए पाँडे (भिडियो रिर्पोट सहित)

गोपिकृष्ण चापागाईं/ असोज, काठमाडौं ।

नेपाली लोकप्रिय टेलिश्रृंखला ‘सक्किगोनी’का मुख्य कलाकार तथा निर्देशक अर्जुन घिमिरे (पाँडे) चारमहिना पछि काममा फर्किनु भएको छ । आफ्नो आमाको स्वास्थ्य अवस्था बिग्रिएपछि बिगत साढे चारमहिना देखी अस्पतालमा बस्नुपरेकाले सक्किगोनीमा काम गर्न सक्नुभएको थिएन । दर्शकको अत्यधिक माग भएपछि सक्किगोनी सिजन २ को भाग ३५ बाट पाँडेलाई देख्न पाइने भएको छ ।

‘चार महिना भइसक्यो आमाको अझै होस् आएको छैन । त्यसैले म काममा आउन सकिरहेको थिएन । पछिल्लो समय दर्शकले धेरै नै खोज्नुभएको छ । अहिले अस्पतालमा दाईहरुलाई राखेर म काममा निस्किएको हुँ ।’ पाँडेले आर्टिष्ट खबरसँग कुरागर्दै भन्नुभयो । ‘अब निरन्तर आउने प्रयोसमा रहनेछु ।’ गएको मंगलबार र बुधबार भाग ३५ को छायांकन गरिएको थियो । छायांकन मंगलबार काभ्रेमा भएको थियो भने बुधबार काठमाडौंको चाबहिलमा पनि केहि दृश्य छायांकन गरियो । पाँडेलाई दर्शकले पछिल्लो समय देख्न नपाएको कारण बिशेष तरिकाले आउँदो भागबाट आउने तयारी गरिएको छ । आउँदो भागमा पाँडेले केहि नयाँ ब्यावसाय गरेर बसेको देखाउन खोजिएको छ ।

सक्किगोनी प्रत्येक बिहीबार राती ८ बजे हिमालय टेलिभिजन र त्यसपछि जेपिटी क्रिएसन युट्युव च्यानलबाट हेर्न सकिन्छ ।

यस बिषयमा आर्टिष्ट खबरको टिमले छायांकनस्थलमै गएर तयार पारेको रिपोर्ट हेर्नुहोस् ।