भूगोल साहित्य समाजको दोस्रो वार्षिकोत्सव

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">भूगोल साहित्य समाजले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । ०७६ असोजमा स्थापित यस समाजले वार्षिकोत्सवका अवसरमा विशेष रचनावाचन कार्यक्रमको आयोजन गर्‍यो ।</p><p style="text-align: justify; ">रचनावाचन कार्यक्रममा कवि रामबहादुर पहाडी, वासुदेव गुरागाईं, मुकुन्द पौडेल, जयनारायण नेपाल, रेहित सैंजु, उद्धव खनाल, हरिश्चन्द्र गौतम, मुकुन्द अर्याल, एलपी पराजुली, ओमप्रकाश आचार्य, नरराज आचार्य, महेश रिजाल, बुद्धिराज पाण्डे, दिनेशविक्रम थापा, शैलेन्द्रकुमार शाह र विनोद नेपालले आफ्ना रचनावाचन गरे ।</p><p style="text-align: justify; ">समाजका अध्यक्ष विनोद नेपालले भुसासले असहज परिस्थितिका बीच पनि भर्चुअल रूपमा समेत गरी दुई वर्षमा १२ वटा साहित्यिक कार्यक्रमको आयोजना गरेको तथा दुईवटा पुस्तक प्रकाशन गरेको जानकारी गराए ।&nbsp;</p>