‘भ्याक्सिनो’ ब्राण्डको एम्बेसडर बने प्रमोद खरेल

गोपिकृष्ण चापागाईं/ असोज, काठमाडौं ।

लोकप्रिय गायक प्रमोद खरेल कपडाको ब्राण्ड ‘भ्याक्सिनो’को ब्राण्ड एम्बेसडर बनेका छन् । आइतबार राजधानीको जमलस्थित एक होटलमा आयोजीत कार्यक्रममा प्रमोदलाई एबर्षका लागी सम्झौता गरी ब्राण्ड एम्बेसडरमा नियुक्ती गरिएको हो । अब प्रमोदका तस्बिर तथा बिभिन्न पोष्टर भ्याक्सिनो ब्राण्डले प्रयोग गर्नेछ । साथै प्रमोदले यस ब्राण्डको प्रबद्र्धन गर्नेछन् ।

कार्यक्रममा गायक खरेलले एक गुणस्तरिय ब्राण्डसँग जोडिन पाउँदा आफूलाई खुसी लागेको बताए । उनले भने, ‘कपडाहरुको ब्राण्ड मध्ये एक गुणस्तरिय ब्राण्डसँग जोडिन पाएको छु, खुसी लागेको छ ।’ प्रमोदले आफूलाई सुरुमा अफर आउँदो कपडाको गुणस्तर हेरेर मात्र आफू सहमत भएको बताए ।

यस्तै भ्याक्सिनो ब्राण्डका प्रमुख प्रकाश प्रधानले पछिल्लो समय गायन क्षेत्रका बादशाह सम्बोधन गर्दै आफ्नो ब्राण्डको एम्बेसडर बनाउन पाउँदा खुसी लागेको बताए । साथै अहिलेका लागी एकबर्षको सम्झौता भएपनि पछि समयअवधि बढाउन सकिने उनको भनाई थियो । कार्यक्रममा हाँस्यब्यंग्य कलाकार राजा राजेन्द्र पोखरेल, गायक अमृत खाती लगायतको उपस्थिती रहेको थियो ।

कपडाको ब्राण्ड ‘भ्याक्सिनो’ कोरोना कहर आइसकेपछि नामाकरण गरिएको बताइएको थियो । राम्रो नामको खोजि गर्ने क्रममा धेरै समय लागेको र अन्तमा ‘भ्याक्सिनो’ जुरेको प्रधानले बताएका छन् । ‘भ्याक्सिनो’ पुरुषहरुको कपडाको ब्राण्ड हो ।

Video: Click Here