बिन्दु परियारको नयाँ गीत, भिडियोमा पनि आफ्नै अभिनय

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं ।&nbsp;&nbsp;</b></pre><p style="text-align: justify; ">गायिका बिन्दु परियारको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । ‘तिम्रै हुन पाउँ’ बोलको गीत आइतबार साँझ बिन्दु परियार युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा कमल खत्रीको शब्द तथा संगीत रहेको छ । उदयराज पौडेलले एरेन्ज गरेको गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् ।</p><p style="text-align: justify; ">सार्वजनिक गीतको भिडियोमा पनि विन्दु आफैँ फिचर भएकी छिन् । यसै भिडियोबाट विन्दु्ले अभिनयमा डेब्यु गरेकी हुन् । भिडियोमा उनलाई प्रेमिल शैलीमा प्रस्तुत गरिएको छ । शान थापाको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् । राजिव समरको करियोग्राफी रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।&nbsp;&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/kOm0pGUiWw4" width="640" height="360" class="note-video-clip"></iframe><br></p>