प्रतिक्षा शुक्ला मिस नेपाल युएस २०२१ घोषित

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

‘मिस नेपाल युएस २०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन् । शनिबार अमेरिकाको न्यूयोर्कमा आयोजित प्रतियोगीताको अन्तिम स्पर्धामा उनी १० प्रतियोगीलाई पछि पार्दै विजेता घोषित भएकी हुन् ।

प्रतियोगितामा फष्टअनरअप कला न्यौपाने र सेकेण्ड रनरअप विजेता अलिशा लिम्बु भए । सम्पन्न प्रतियोगिता ‘मिस नेपाल युएस’को १० औं संस्करण हो । जसमा अमेरिकाको विभिन्न राज्यबाट प्रतियोगी सहभागी भएका थिए ।

प्रतियोगीताको शिर्ष दश स्थानमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ ,सोन्याषा थापा तथा अलिशा लिम्बु पुगेका थिए ।

न्यूयोर्कको क्विन्स थेटर (नाट्यकला)मा आयोजना भएको कार्यक्रममा सहभागी अगाडी प्रतियोगिको कोभिड–१९ परिक्षण गरिएको थियो । प्रतियोगिता २०११ मा इप्लानेट प्रालीका सहकार्यमा न्यूयोर्क शहरबाट अमित शाहले सुरु गरेका थिए ।  पहिलो मिस नेपाल युएसको उपाधि सुजिता बस्नेतले जितेकी थिइन् ।