कुमारी बैंकको कार्ड प्रयोग गर्दा दराज अनलाइनमा छुट

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

कुमारी बैंकले आफ्नो डेबिट र क्रेडिट कार्डवाहकहरुलाई बिशेष छुटको योजना ल्याएको छ । नेपालीहरुको महानचाड दशैंको अवसर पारेर कुमारी बैंकले दराज अनलाइनसँग विशेष छुट सम्बन्धि सम्झौता गरेको हो ।

उतm सम्झौता अनुसार कुमारीका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाईनमा यहि असोज १० गते देखी असोज १८ गते सम्म सामानहरुको खरिदमा अग्रीम छुट प्राप्त गर्नेछन् । नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रबर्धन गर्न कुमारी बैंक लिमिटेडले यस्तो छुटको योजना ल्याएको बताएको छ ।

सो सम्झौता अनुरूप डेबिट कार्डको प्रयोग गरि सामान खरिद गर्दा २० प्रतिशत अथवा रु २ हजार सम्मको र क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा २० प्रतिशत अथवा रु २५ सय सम्मको छुट पाउनेछन् । सो सहमति पश्चात् कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले दराज अनलाईन शपिङ्ग मार्फत आफूलाई चाहिने दैनिक उपभोग्य तथा वस्तुहरु झन्झटबिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन ।

कुमारी बैंकले आफ्ना देशव्यापी १ सय ९६ शाखा सञ्जाल, १ सय ७३ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।