प्रकाश र प्रमिलाको सुन्दर अभिनयः माया बिना चल्दो रैछ

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

गायक बाबुल गीरीको स्वरमा रहेको 'माया बिना चल्दो रैछ' जीन्दगीको भिडियो सार्वजनिक गरिएको छ । रविन खड्काको शब्द संगीत रहेको गीतमा बाबुल गिरी र संगीता थापा मगरको स्वर रहेको छ।

निःसन्तान जोडिको कथामा आधारित रहेको गीतको भिडियोमा प्रेम, वियोग र यादलाई निकै कलात्मक शैलिमा प्रस्तुत गरिएको छ। गीतको भिडियोमा कलाकारहरु प्रकाश बस्नेत र प्रमिला खनालको बेजोड अभिनयले भिडियो थप स्तरीय बनेको छ। फरक फरक रुपमा देखिएका कालाकारहरुले गेटअपमा पनि राम्रै मिहेनत गरेको देखिन्छ।

गीतको भिडियोलाई  सुबोल थापाले निर्देशन गरेका हुन्। गीतलाई उत्कृष्ट बनाउने थापाले भरपुर मिहनेत गरेका छन्। जुन मिहेनत भिडियोमा देखिएको छ। निः सन्तान दम्पतीको जीवनमा पर्ने मानसिक असर र यसले पारिवारिक जीवनमा पुर्याएको क्षतीलाई मीठो लयमा प्रस्तुत गर्न निर्देशक थापा सफल पनि भएका छन्।

ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफी, नविन निरौलाको रंग संयोजन तथा सम्पादन रहेको गीतको भिडियोलाई भिडियो भकारी युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।