रमेशराजलाई प्रश्नः तपाईको बिचारमा महानायक को ?

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> नेपाली गीतसंगीत क्षेत्रका लोकप्रिय गायक तथा संगीतकार रमेशराज भट्टराईले पछिल्लो समय महानायकको विवादित बिषयमा बोलेका छन् । तपाईको बिचारमा महानायक को हुन सक्छ भन्ने आर्टिष्ट खबरको प्रश्नमा रमेश भन्छन्, ‘अहिले राजेश हमाल, भूवन केसी र शिव श्रेष्ठमा महानायक को भन्ने विवाद चलेको रहेछ । मेरो विचारमा भूवन केसी र शिव श्रेष्ठको योजदान पनि नेपाली चलचित्रमा उत्तिकै छ । तर ब्यक्तिरुपमा मलाई राजेश हमालको ब्यक्तित्व मन पर्छ । अब महानायक को भन्ने बिषयमा कसरी भन्ने ?’</p><p style="text-align: justify; ">गायक रमेशले कसैलाई पनि तोकेर महानायक भन्न भने सकेनन् । उनले अगाडी थप्छन्, ‘जनताले राजेश हमाललाई महानायक भन्नुहुन्छ तर भूवन र शिव दाईको योगदान पनि उत्तिकै छ । ब्यक्तिगत मनपर्ने नायक राजेश हमाल हुनुहुन्छ । महानायक उहाँ नै हो भन्न चाँही सकिन ।’</p><p style="text-align: justify; ">भिडियो हेर्न <b><a href="https://www.youtube.com/watch?v=nrZ8FFqjmuQ"><font color="#0000ff">यहाँ क्लिक</font></a></b> गर्नुहोस् ।</p>