पवन र प्रितीको दोस्रो सहकार्य, ‘भुत्रो मायाजाल’ पछि आयो ‘आलुजस्तो केटी’

गोपिकृष्ण चापागाईं/ असोज, काठमाडौं ।

नेपाली गीतसंगीतको क्षेत्रमा आफूलाई फरक पहिचान बनाउनु भएकी गायिका प्रिती आले र नेपाली गीतसंगीतको क्षेत्रमा सयबढी गीत गाइसक्नु भएका गायक पवन रानाको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौं सामाखुसीमा आयोजीत एक कार्यक्रमबिच ‘आलु जस्तो केटी’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गायक पवन र गायिका प्रितीको यो दोस्रो सहकार्य हो । यसअघि झण्डै डेढबर्ष अघि ‘भुत्रो मायाजाल’बोलको गीत सार्वजनि गर्नुभएको थियो । जुन गीत शिर्षककै कारण विवादित पनि बन्न पुगेको थियो । अहिले सार्वजनिक ‘आलु जस्तो केटी’ गीतलाई त्यसैगीतको दोस्रो पार्टमा रुपमा लिइएको छ ।

सार्वजनिक कार्यक्रममा गायिका प्रितीले यसपटक पनि डान्सिङ गीत दर्शक तथा स्रोतामाफ ल्याएको जानकारी गराउनु भयो । आफूले समय समयमा फरक फरक शैलीका गीत गाउन रुचाउने भन्दै यसपटक पनि केहि फरक गीत सार्वजनिक गरेको बताउनु भयो । ‘लोक गीत सुन्ने दर्शकका लागी केहि नयाँ हुन सक्छ तर लोकगीत भनेर नबुझिदिनुहोला । कतिपय लोकपप् गीतलाई पनि लोक दोहोरी गायिकाले के गीत गाएको भन्ने प्रश्न गर्नुहुन्छ तर मलाई सबै किसिमको गीत गाउन मन पर्छ ।’ प्रितीले भन्नुभयो, ‘डान्सिङ गीतलाई त्यहि अनुसार लिइदिनुहोला ।’

गायिका प्रितीले गीतको शिर्षक किन विवादित बनाउन खोज्नु हुन्छ भन्ने  सञ्चारकर्मिहरुले गरेको प्रश्नमा गीतको शिर्षक हेरेर गीतको मुल्यांकन नगरिदिन अनुरोध गर्नुभयो । प्रितीले अघि भन्नुहुन्छ, ‘खासमा केटा र केटी बिचको सम्वाद हुने समयमा रिसाउन प्रयोग गर्ने शब्द हो, आलु जस्तो केटा अथवा आलु जस्तो केटी । आलु भन्ने शब्द नराम्रो होइन’ प्रितीले विवादमा ल्याउनकै लागी यस्तो शिर्षन नराखेको भन्दै प्रष्ट पार्नुभयो ।

यस्तै गीतका गायक पवन रानाले यसअघि गायिका प्रितीसँगको सहकार्यमा दर्शक तथा स्रोताले मन पराइदिनु भएकाले यसपटक पनि सहकार्यलाई अगाडी बढाएको बताउनु भयो । दर्शक तथा स्रोताको चाहाना अनुरुप यस गीत ल्याएको पवनको भनाई छ । ‘अहिलेको गीत डान्सिङ गीत हो । त्यसैले दोहोरी गीत भनेर नबुझिदिनु होला । दोहोरी गीत किन यस्तो शिर्षक भन्ने प्रश्न गर्नुहुन्छ तर दोहोरी गीतका गायकले फरक शैलीका गीत पनि गाउनुहुन्छ भन्ने बुझिदिनुहुन अनुरोध गर्छु ।’ गीतमा शब्द पनि प्रिती आलेले नै लेख्नुभएको छ भने संगीत पवन रानाको रहेको छ । एरेन्ज विपिन आचार्यको छ ।

गीतमा पवन र प्रितीले पनि अभिनय गर्नुभएको छ । यस्तै उहाँहरुसँगै भिडियोमा रञ्जन पाण्डे र अलिसा शर्माको पनि अभिनय छ । भिडियोमा लगानीसमेत गर्नुभएका रञ्जनले गीत राम्रो लागेको कारण प्रिती र पवनको टिमसँग जोडिएको बताउनु भयो । रञ्जनको अभिनयको हिसाबमो यो पहिलो भिडियो हो । यस्तै भिडियोमा ‘द नेक्स्ट’ गु्रपका प्रदीप लामाको कोरियोग्राफि तथा निर्देशन रहेको छ ।