कलाकारको रोजाईमा पर्ने हेयर डिजाइनर गीता

गोपिकृष्ण चापागाईं/ असोज, काठमाडौं ।

आजभन्दा झण्डै डेढ दशक अघि नेपाली चलचित्रमा काम गर्ने  कलाकारको संख्या कम थियो । चलचित्र पनि कमै बन्थे । चलचित्रकर्मि र प्राविधिक पनि कमै हुन्थे । त्यसमाथि कलाकारलाई सजाउने ‘आर्टिष्ट’ झनै कम हुन्थे ।

त्यसै समयमा गीता पौडेललाई कलाकार श्रृंगारको पनि महत्वपुर्ण भूमिका हुन्छ भन्ने लाग्यो र श्रृंगारमा बढी ध्यान जान थाल्यो । अहिलेकी ब्यस्त हेयर स्टाइलिस्ट गीता त्यो समयमा आफू कसरी यो बिषयमा दक्ष हुन सकिन्छ भन्ने लागेर अनुभवि ‘श्रृंगार आर्टिष्ट’हरुको संगत गर्न लाग्नुभयो । बिस्तारै सिक्दै अनुभव बटुल्दै आज नेपाली चलचित्र क्षेत्रकी ब्यस्त हेयर स्टाइलिस्टको रुपमा परिचित हुनुहुन्छ ।

नेपाली कला क्षेत्रमा पुराना देखी नयाँ कलाकारको हेयर स्टाइलको कामहरु गर्दै आउनु भएकी गीतालाई अहिले कामको फुर्सद छैन । राम्रो काम गर्ने भएपछि कलाकारहरुको रोजाईमा अवस्थ पनि परिन्छ, त्यसैले गीतासँग एक पटक काम गरिसकेका कलाकारले अर्को काम पनि सँगै गर्न खोज्छन् । त्यसैले पनि गीतको ब्यस्ता बढेको छ ।

‘‘कुन कलाकारलाई कस्तो हेयर डिजाइन सुहाउँछ त्यसको मुल्यांकन गरेर डिजाइन निकाल्न सक्नु खुबि मानिन्छ । त्यो काममा गीतालाई धेरै कलाकारले पर्फेक्ट हेयर डिजाइनरको रुपमा चिन्दै आएका छन् ।’’

सयौं कलाकारको केश सजाएर आफूलाई अब्बल हेएर ड्रेसरको रूपमा उभ्याउनु भएकी गीता ‘फेरी तिम्रो याद आयो’ नामक चलचित्रमार्फत फिल्मी हेयर स्टाइलको क्षेत्रमा जोडिनु भएको थियो । त्यसै चलचित्रबाट अनुभव संहाल्दै आजसम्म दर्जनौं चलचित्रमा काम गरिसक्नु भएको छ । ‘आफूले गर्ने काममा मिहिनत हुनु जरुरी छ, त्यो कुरामा म निकै ध्यानदिन्छु ।’ गीताले हिमालय टाइम्ससँग कुरागर्दै भन्नुभयो । ‘सुरुवातका क्षणमा मिहिनत गरेकाले नै आज यो स्थानमा आएकी छु ।’ गीताले द्वन्द्व तथा कला निर्देशक एवं अभिनेता स्व. गोपाल भुटानीको सहयोगमा नेपाली चलचित्र क्षेत्रमा हेयर डिजाइनरको रूपमा प्रवेश गरेको बताउनु हुन्छ । उहाँका अनुसार अहिले नेपाली चलचित्रका निर्देशक तथा निर्माताले  चुनौतीपूर्ण कामका लागि बढी सम्झने गर्दछन् । अघि भन्नुहुन्छ, ‘हेयर डिजाइनमा पनि बिभिन्न चुनौतीपूर्ण काम हुन्छ । अलि गा्रहो जस्तो अथवा जो कोहिबाट यो काम हुनसक्दैन भन्ने लाग्यो भने निर्माता तथा निर्देशक ज्यूहरुले मलाई सम्झनुहुन्छ ।’

गीताले चलचित्र ‘मैदान, मृगतृष्णा, अग्निज्वाला, त्रिवेणी, दुई किनारा, राजु राजा राम, ख्याल ख्यालैमा, जय शिव शंकर, इन्द्रेणी, तग्दिर, देश, कोही मेरो, दर्पण छायाँ २, दुर्गा, मेरो लभ स्टोरी, जेरी, मेरो एउटा साथी छ, छोडी गए पाप लाग्ला, ऐश्वर्या, मुग्लान, भिसा गर्ल, गोर्खा पल्टन’ गर्दै ८५ जति चलचित्रका विभिन्न नेपाली कलाकारका साथमा ‘दामीनी, साथी रेजस्ता भोजपुरी फिल्म, सिंहदरबार, अञ्जली’जस्ता टेलिफिल्म तथा विभिन्न म्युजिक भिडियोका कलाकार तथा मोडलको केश सजाइ सक्नुभएको छ ।

गीताले नेपाली चलचित्र क्षेत्रका लगभग सबैजसो कलाकारको केश सजाइसक्नु भएको छ ।अघिल्लो पुस्ताका लोकप्रिय कलाकारहरु राजेश हमाल, करिश्मा मानन्धर, सञ्चिता लुइँटेल, ऋचा घिमिरे, निरुता सिंहदेखि पछिल्लो समयका पल शाह, केकी अधिकारी, स्वस्तिमा खड्का जस्ता चर्चित अनुहारको केश सजाएर आफूलाई अब्बल हेएर ड्रेसरको रूपमा उभ्याइ सक्नु भएको छ । बिशेषगरी एउटा हेयर डिजाइनरले कुन कलाकारलाई कस्तो डिजाइन सुहाउँछ त्यसको मुल्यांकन गरेर डिजाइन निकाल्न सक्नु खुबि मानिन्छ । त्यो काममा गीतालाई धेरै कलाकारले पर्फेक्ट हेयर डिजाइनरको रुपमा चिन्दै आएका छन् ।

गीताले नेपाली चलचित्रमा हेयर डिजाइनरको रुपमा काम गर्नेहरुमा महंगी डिजाइनरको रुपमा पनि चिनिनुहुन्छ । काममा निखारता ल्याउन सक्ने भन्दै चलचित्रका निर्माता तथा निर्देशकले मंहगै भएपनि गीतालाई रोज्ने गरेका छन् । गीताले भन्नुभएको छ, ‘मेरो बजेटिङ पनि राम्रै हुन्छ । प्रायःले दिनुहुन्छ । प्रायः विदेशमा सुटिङ हुने सिनेमाको लागि कम बजेट हुन्छ तर, मैले पछिल्लोपटक युकेमा सुटिङ गरिएको हेलो जिन्दगी फिल्मका लागि एक लाख २० हजार बजेट लिएको थिएँ । हुन त कतिपय फिल्ममा बजेटिङको समस्या पनि आउँछन्। हामीलाई हेयर स्टाइलिङका लागि आवश्यक सामान प्रोडक्सनले उपलब्ध गराउँदैनन्, आफैँले किन्नुपर्ने हुन्छ । नेपालमा ती सामान एकदमै सर्टेज हुन्छ भने ओरजिनल सामान पाउन पनि गाह्रो हुन्छ । आउटडोर काम गर्दा कतिपय स्थानमा हेयर सेट गर्नका लागि प्रयोग गर्ने उपकरणका लागि बिजुलीको समस्या हुन्छ, बिजुलीबाट बनाउने लुक्स विना बिजुली पनि गरिरहेका हुन्छौँ । त्यस्तो हुँदा बढी समय लाग्छ’ गीताले हेयर स्टाइलिस्टका समस्या सुुनाउनु भयो ।

गीताका पति रामेश्वर हुमागाईं पनि नेपाली चलचित्र क्षेत्रमा छायाँकारको रूपमा सक्रिय हुनुहुन्छ । श्रीमान् यही क्षेत्रमा काम गर्ने भएकोले पनि आफूलाई थप सहज भएको गीताले बताउनुभएको छ । गीताले महिला कलाकार हुन या पुरुष, उत्तिकै सजावत गर्न सक्ने क्षमता राख्नुहुन्छ । समयको हिसाबले पुरुष भन्दा महिलाको कपालमा बढी लाग्ने गीता बताउनुहुन्छ । ‘महिलाको कपाल लामो हुने भएकाले पुरुषको भन्दा बढी समय लाग्ने नै भयो । तर कतिपय पुरुष कलाकारको पनि निकै डिजाइन गर्नुपर्ने हुन्छ । त्यो पनि कपाल र क्यारेक्टर हेरेर हुन्छ ।’ गीताले भन्नुभयो । ‘चलचित्र भएपनि म्युजीक भिडियो भएपनि मिहिनत बराबर हो ।’ गीताले अहिले ‘घिन्ताङ’ चलचित्र सँगै बिभिन्न बिज्ञापनमा काम गरिरहनु भएको छ ।

नेपाल प्रविधिक संघमा सदस्य, कार्यसमिति सदस्य हुँदै हाल कोषाध्यक्ष पदमा दोस्रो कार्यकाल सम्हालिरहनु भएकी गीताले यस क्षेत्रमा दिएको योगदानको कदरस्वरूप नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०७७ लगायत विभिन्न संघ संस्थाबाट सम्मानित हुनुभएको छ । उहाँले १० औं नेफ्टा अवार्डमा संयोजकको जिम्मेवारी पनि लिनुभएको थियो । यस्तै गएको भदौ १२ गते राष्ट्रिय श्रृष्टा तथा ब्यक्तित्व सम्मान पाउनु भएको थियो । जुन सम्मान पुर्व राज्यमन्त्री परमानन्दा झा तथा नेपालको पहिलो नायिका भूवन चन्दाको हातबाट प्रदान गरिएको थियो । (समाचार आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)