सनिसारबाट शिशिरलाई अवार्ड

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नेपाली सांगितीक बजारमा आजभन्दा ६ महिना अघि सार्वजनिक ‘ंसनिसार’बोलको गीतका मोडल शिशिर पौडेलले अवार्ड पाउनुभएको छ । उक्त गीतको भिडियोमा उत्कृष्ट अभिनय गरेको भन्दै गएको शुक्रबार सम्पन्न हिमालय इन्टरनेशनल नेपाली म्युजीक अवार्ड २०२१ म बेष्ट मोडलको अवार्ड पाउनु भएको हो ।

कलाकार शिशिरले आफ्नो कामको मुल्यांकन गर्दै अवार्ड दिइएकोमा आयोजक टिमलाई धन्यवाद दिनुभयो । उहाँले यस्ता अवार्डले आगामि दिनमा थप उर्जा दिने बताउनुभयो । ‘काम गर्दै जादा पाउने यस्ता किसिमका सम्मान तथा अवार्डले आगामि दिनमा काम गर्नमा थप हौसला तथा उर्जा मिल्छ ।’ शिशिरले हिमालय टाइम्ससँग भन्नुभयो । ‘दर्शक माझ अझै राम्रो काम गर्नुपर्छ भन्ने लागेको छ । जिम्मेवारी थपिएको छ जस्तो भान भएको छ ।’

नेपाली म्युजीक भिडियोको क्षेत्रमा ७ बर्षको अवधिमा झण्डै ८० वटा भिडियोमा मोडलिङ गर्नुभएका शिशिरले यस हिमालय इन्टरनेशनल नेपाली म्युजीक अवार्डसँगै बेष्ट मोडलमै पाँचवटा अवार्ड पाइसक्नुभएको छ । यसअघि दोस्रो ज्योती फिल्मस् अवार्ड, दोस्रो साधना म्युजीक अवार्ड, नेपाल म्युजीक एण्ड फेशन अवार्ड २०७७ र क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ पाइसक्नुभएको छ ।