शाहरुखका छोराबिरुद्ध लागुऔषधको मुद्दा दर्ता

...

<pre style="text-align: justify; "><b>मुम्बई (एजेन्सी) ।</b></pre><p style="text-align: justify; ">बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानविरुद्ध नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले लागुऔषधको मुद्दा दर्ता गरेको छ । एनसीबीले शनिबार मुम्बईको एउटा लक्जरी क्रुजमा छापा मारेको थियो । त्यहाँ ‘ड्रग्स पार्टी’ भइरहेको पत्ता लागेको थियो । पार्टीमा आर्यन पनि थिए । त्यसपछि आर्यनसहित अरू आठ व्यक्तिलाई एनसीबीले सोधपुछका लागि बोलाएको थियो ।</p><p style="text-align: justify; ">एनसबीले आर्यनसँग आइतबार सोधपुछ गरेको छ । त्यसपछि उनीविरुद्ध लागुऔषध मुद्दा दर्ता गरेको एनसीबीका एक स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाहरूले जनाएका छन् । यद्यपि, एनसीबीले भने यसबारे आधिकारिक जानकारी दिएको छैन ।</p><p style="text-align: justify; ">उक्त पार्टीमा बलिउडका साथै भारतका चर्चित उद्योगपतिका सन्तानहरू सहभागी रहेको भारतीय मिडियाले जनाएका छन् । एनसीबीका निर्देशक समीर वान्खेडेका अनुसार अहिले हिरासतमा आर्यन, अरबाज मर्चेन्ट, मुनमुन धमेचा, नुपुर सारिका, इश्मित सिंह, मोहक जयसवाल, विक्रान्त छोकेर र गोमित चोपडासँग सोधपुछ जारी छ ।</p><p style="text-align: justify; ">खबरका अनुसार आर्यनलाई उनका साथी अरबाजले उक्त पार्टीमा लिएर गएका थिए । आर्यनको वकालत चर्चित वकिल सतीश मानेशिन्देले गर्दै छन् । वकिल सतीश एनसीबीको कार्यालय पुगिसकेका छन् ।</p>