महिलालाई ३३% चाहिदैँन : करिना पुरि

काठमाडौं ।

म जन्मेको दिन घरमा खुशी कम निराशा बढि हुँदो हो। म सकुशल थिएँ, शारीरिक बनावट  ठिकै थियो तर पनि निराशा छएको हुँदो हो,किनकी म छोरी भएर जन्मिएँ। छोरी भएर जन्मिनुमा मेरो के गल्ती थियो र तर पनि म बाट निराशा केवल लिङ्गको कारण !!

हुर्कँदै जाने क्रममा मेरो परिवारलाइ म प्रती केही गुनासो भएन तर समाजलाई गाउँलेलाइ भने हजारौं गुनासो थिए। कस्तो झुक्के भगवान छोरा हुन पर्ने मान्छे छोरी भैछे ।फेरि अर्कोले थपिहाल्थ्यो बिहे गरेर कुन्चैको घर जाने हो यहाँ पाल्नु पोस्नु मात्र त हो । यस्ता धेरै कुरा हरु बाट भाग्न खोज्दा खोज्दा पनि सकिदैँन थियो। "अब जवान हुँदै गैसकिस ,धेरै लखरलखर नहिँड्नु "नकल पार्न थालिसकी कस्ती उत्ताउली नानाथरी कुरालाइ स्विकार्दै अघि बढ्न पर्ने हैन हैन बाच्न पर्ने ।

समाचार सुनेउ निर्मला पन्तको बलात्कार गरेर मार्दीएछन अब हाम्री छोरिलाइ पनि बहिर पठाउन हुन्न ।फेरि अर्को दिन :आज केटाले एसिड प्रहार गरेछ केटिलाई छोरी हुर्की अब बिहे गर्दिन पर्छ । फेरि अर्को दिन: बलात्कारीलाई समात्न नसके पछि निर्मलाका बाबू आमा रुदै मिडियामा अब त झन घरमा बृहत् छलफल चल्छ आफ्नो सामन सुरक्षित राख्न पर्छ। उड्न दिनु हुन्न छोरीलाई फेरि इज्जत जान्छ । जब सम्म सुरक्षा छैन तब सम्म ३३% भन्दै आरक्षण दिदै गर्दा ३३% भन्दा अलिकती बढी ३४% पनि सहभागी हुदैनन । महिलाको सहभागीता अति आवश्यक छ। नेतृत्वमा महिलालाइ ल्याउने हो भने सुरक्षित वातावरणको सिर्जना गर्नै पर्छ । अनि म खुलेर निर्धक्क भन्न सक्छु मलाइ ३३% चाहिदैन ।

म विवाह गर्न चाहन्न । यति कुराले मेरो घरमा मात्र हैन पुरै समाजमा खैला बैला मच्चिन्छ । कुरा हुन थाल्छ गाउँ गाउँमा नबिकेर घरमै बसि । म बाध्य हुन्छु बिहे गर्न ।बिहे पश्चात् घर समाल बहिर हिड्न हुन्न बुहारी मान्छे के भन्छ समाजले घरमै बस।जब सम्म महिलामैत्री सोचको विकास हुँदैन तब सम्म ३३% महिला सहरी भेगमा हुन्छन तर गाउँमा आएर हेर्ने हो भने खोज्न पर्ने परिस्थिति आउँछ। त्यसैले महिला मैत्री सोचको विकास समाजमा जब हुन्छ म निर्धक्क भन्ने छु हामीलाई ३३% चाहिदैन ।

म जन्मे देखि पराइको घर जाने जात पढायो गुनायो हामीलाई काम लाग्ने होइन भन्ने कुरा सुन्दै आइरहेकी छु ।बिहे गरेपछी तिमी किन काम गर्नु घरमै बस म कमाएर दिहाल्छु। अनि  धन सम्पत्ती छोरालाइ छोरी आर्थिक रुपमा सधै कमजोर सधै अरुको भरमा पर्न पर्ने छोरीलाई सम्पत्ती पनि दिइयोस अनि जागिर खाने अधिकार पनि जब महिला आर्थिक रुपमा सक्षम हुन्छिन तब हामी भन्ने छौ हामीलाइ ३३% चाहिदैन ।

जब सुरक्षित वातावरण ,महिलामैत्री सोचको विकास हुदैन तब सम्म ३३% आरक्षण सिट भन्दा १% बढी महिला नेतृत्वमा देखिदैनन त्यसैले हाम्रो पहल ५०% बनाउने भन्दै गर्दा यी कुरामा जोड दिम अनि हामी निर्धक्क भन्नेछौ हामीलाई ३३% चाहिदैन ।