नेपाल बेष्ट म्युजिक अवार्ड मा कुबेर र लक्ष्मणलाई पत्रकारिता सम्मान

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारा’का साथ सोमबार साँझ सम्पन्न ‘नेपाल बेष्ट म्युजिक अवार्ड’मा रंगपत्रकार कुबेर गिरी र लक्ष्मण सुवेदी सम्मानीत हुनुभएको छ । गएको सोमबार चन्द्रागिरी हिल्स रिसोर्टमा आयोजीत अवार्ड समारोहमा गिरी र सुवेदीलाई ‘पत्रकारिता सम्मान–२०२०’ बाट सम्मान गरिएको हो ।

समारोहमा उक्त सम्मानसँगै ३५ वटा रेगुलर विधा र जुरी अवार्ड पनि प्रदान गरिएको थियो । कार्यक्रममा पत्रकार गिरीलाई नेपाल बेष्ट म्युजिक अवार्ड ‘पत्रकारिता सम्मान–२०२०’ अनलाइन र सुवेदीले नेपाल बेष्ट म्युजिक अवार्ड ‘पत्रकारिता सम्मान–२०२०’ छापा तर्फको पुरस्कार प्राप्त गर्नुभयो । सोही कार्यक्रममा पत्रकार रमेश बस्नेतले ‘पत्रकारिता सम्मान–२०२०’ रेडियो प्राप्त गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानित सबै पत्रकारलाई चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरि, उद्योग बाणिज्य संघका उपाध्यक्ष चन्द्र ढकाल, कलाकार निर्देशक कृष्ण मल्ल, अभिनेत्री शर्मिला मल्ल, कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, पुर्व बोर्ड अध्यक्ष राज कुमार राई, निर्देशक मिलन चाम्स लगायतले खादा, दोसल्ला तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

गिरी बिगत दुई दशकदेखि पत्रकारितामा क्रियासिल रहनुभएको छ । २०५८ बाट चण्डेश्वरी प्रकाशनको प्रभातकालीन दैनिकबाट पत्रकारिता सुरु गर्नुभएका गिरीले थुप्रै साप्ताहिक,  समाचारपत्र, हिमालयन टाइम्स दैनिक, सौर्य दैनिक, बिभिन्न अनलाईन, एफएम, नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारको समाचारबाट प्रसार हुने ‘चलचित्र समाचार’ समेत काम गरिसक्नुभएको छ । त्यस्तै, करिव दुई दशकदेखि रंग पत्रकारितामा क्रियासिल सुवेदीसँग बिभिन्न साप्ताहिक, मासिक हुँदै नयाँ पत्रिका दैनिकमा समेत लामो समय काम गरेको अनुभव रहेको छ ।  यस्तै रमेश बस्नेत पनि रेडियोमा लामो समयदेखि क्रियासिल रहदै आउनु भएको छ ।

नेपाली गीत संगीतलाई प्रवर्धन गर्दै नेपाली सांगीतिक क्षेत्रलाई चलायमान र क्रियाशिल बनाउने उद्धेश्यले अवार्ड आयोजना गरिएको आयोजक संस्था तुल्सी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले बताउनु भयो । भण्डारीले आगामी बर्षमा पनि अहिलेजस्तै निश्पक्ष तरिकाले अवार्ड प्रदान गरिने बताउनु भएको थियो ।