छैंठौं मिस कोशीको उपाधि प्रशिकालाई

आर्टिष्ट खबर/ असोज, विराटनगर ।

सुनसरीको इटहरी सम्पन्न भएको छैंठौं संस्करणको मिस कोशीको उपाधि भोजपुरकी प्रशिका श्रेष्ठले जित्नुभएको छ । फाइनलमा २९ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशिकाले मिस कोशीको ताज पहिरिनु भएको हो । उपाधि पाएसँगै प्रशिकाले स्कुटी र विभिन्न गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नुभयो ।

जय मिडिया म्यानेजमेन्ट प्रा.लि. विराटनगरले आयोजना गरेको प्रतियोगिताको अर्गनाइजेसन च्वाइसको उपाधि झापा चारआलीकी पेरिसा बुढाथोकी हुनुभयो । प्रतियोगिताको फस्ट रनरअप विराटनगरकी आयुषा आचार्य, सेकेण्ड रनरअप मोरङ बेलबारीकी प्रतिक्षा कार्की र थर्ड रनरअप विराटनगरकी अनुपा विष्ट घोषित हुनुभयो । जय मिडिया म्यानिजमेन्ट प्रा.लि.की प्रमुख कार्यकारी निशा खतिवडाले प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको बताउनु भयो ।

प्रतियोगितामा मिस ट्यालेन्टको अवार्ड आयुषा आचार्य, मिस डिसिप्लिनमा पूर्णिमा देवी घिमिरे,  मिस फोटोजेनिकको उपाधि आकृति गिरीले प्राप्त गर्नुभयो । यस्तै मिस फ्रेण्डसीप एन्जिला पन्त, मिस क्याटवाक रिजा तामाङ, मिस ब्युटी विद दी ब्रेन आयुषा आचार्य हुनुभयो । मिस पब्लिक च्वाइसको अवार्ड पेरिसा बुढाथोकीले जित्नुभयो । यस्तै मिस मल्टिमिडिया प्रतिक्षा कार्की, मिस पपुलर दीपा साह, मिस स्माइल प्रशिका श्रेष्ठ,  मिस कन्फिडेन्ट प्रकृति फुयाँल, मिस ब्युटिफुल सन्तोषीमाया श्रेष्ठ घोषित हुनुभयो । कार्यक्रममको प्रमुख अतिथि अभिनेत्री रेखा थापा रेहनु भएको थियो ।

प्रतियोगिताको निर्णायकहरूमा विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की, विकास लामिछाने, कानुन व्यवसायी राजुबाबु ढकाल, मोडल आकांक्षा विश्वकर्मा हुनुहुन्थ्यो ।