बसन्तको ‘तिम्रै हुन मन लाग्यो’मा प्रकाश र मिरुना

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

गायिका मेलिना राईको स्वर, बसन्त सापकोटाको संगीत र शब्दमा रहेको नयाँ गीत ‘तिम्रै हुन मन लाग्यो’ गीतको भिडियो सार्वजनिक गरिएको छ । कैलाश राईको लगानी रहेको यस गीतको भिडियोमा कलाकार प्रकाश सपुत र मिरुना मगरको मुख्य अभिनय रहेको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको यस गीतको भिडियो देबेन्द्र बब्लुले निर्देशन गरेका हुन् । कार्यक्रममा बसन्त, प्रकाश र मिरुनाले गीतबारे बोलेका थिए ।  भिडियोलाई अनिल के.मानन्धरले खिचेका हुन् भने सम्पादन प्रविण भट्टको छ ।