बसन्तको ‘राधा पियारी’ मा सुधीर र गरिमा

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

लोकप्रिय संगीतकार तथा गायक बसन्त सापकोटाको नयाँ गीत सार्वजनिक गरिएको छ । बसन्तसँगै मेलिना राईको स्वर रहेको ‘राधा पियारी’ बोलको गीतको भिडियो शनिबार राजधानीमा एक कार्यक्रम गरि सार्वजनीक गरिएको छ ।

काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशनमा बनेको भिडियो राइजिङ मलस्थित क्युज सिनेमामा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष,बरिष्ट संगीतकार सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक तथा संगीतकार बसन्त र मेलिनाले ‘राधा पियारी’ प्रत्यक्ष गाउनु भएको थियो ।

अमेरिका निवासी गीतकार गोपाल लोहारको शब्द रहेको गीतको भिडियोमा अहिलेका चर्चित मोडल सुधीर श्रेष्ठ र गरिमा शर्मा फिचर हुनुहुन्छ । कार्यक्रममा सुधीरले आफ्ना बिगतका भिडियो झै ‘राधा पियारी’ पनि दर्शकले मन पराउने बिश्वास ब्यक्त गर्नुभयो । त्यसैगरी, गरिमाले गीतको शब्द, स्वर, संगीत मात्रै नभइ भिडियो पनि उत्कृष्ट बनेकाले दर्शकको प्रतिक्रिया लिन आफू निकै आतुर रहेको बताउनु भयो । ‘यो गीतको हिस्सा बन्न पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु,’ गरिमाले भन्नुभयो, ‘मैले आफूले सक्दो मिहीनेत गरेको छु । दर्शकले मन पराउनेमा आशावादी छु ।’ यसअघि पनि थुप्रै भिडियोमा गरिमासँग काम गरेकाले आफूलाई गरिमा सहज लाग्ने सुधीरले बताउनु भयो ।

निर्देशक काजी र श्यामले आफूहरुले भिडियोमा ‘कमेडी फ्लेभर’ प्रस्तुत गर्न खोजेको बताउदै भन्नुभयो, ‘गीतको भाव अनुसार दर्शकलाई अधिक मनोरञ्जन दिने कोसिस गरेका छौ । सोहीअनुरुप नै हास्य रस मिसाएका हौ ।’

गायिका मेलिनाले आफूले बसन्त सापकोटाको संगीतमा थुप्रै गीतहरु गाएको र सफलसमेत भएको स्मरण गर्दै उहासँग यो गीतमा पुनः सहकार्य गर्न पाउदा खुशी लागेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि अधिकारीले बसन्तको संगीत तथा गायन कलाको प्रसंसा गर्नुभयो । उहाले बसन्तका हरेक गीतका आफ्नै बिशेषता रहेको बताउदै अझ प्रगतिको शुभकामना ब्यक्त गर्नुभयो । त्यसैगरी, कार्यक्रमका अर्का अतिथि निर्देशक कृष्णमुरारी ढुंगेलले गीतको मर्मअनुरुपको भिडियो बनेकोमा निर्देशक तथा सुधीर र गरिमाको तारिफ गर्नुभयो । उहाले बसन्त र मेलिनाको गायन कलाको पनि प्रसंसा गर्नुभयो । अर्का अतिथि संगीतकार चेतन सापकोटाले गीत र भिडियो आफूलाई निकै मन परेको बताउनु भयो । उहाले बसन्तको संगीत मात्र होइन, गायन पनि उत्तिकै अब्बल रहेको र उहाले यसलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो । संचारकर्मी लक्ष्मण सुवेदीले संचालन गरेको कार्यक्रममा ‘राधा पियारी’ मा संलग्न कलाकर्मीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

गोलो प्रोडक्शनको प्रस्तुति रहेको ‘राधा पियारी’ युट्युव च्यानल गोलो प्रोडक्शनबाट दर्शकमाझ आएको छ । उत्सव दाहालले खिचेको भिडियोको कोरियोग्राफी सन्तोष राजबहाकले गर्नुभएको हो । बिकास दाहालले सम्पादन गरेको भिडियोको प्रस्तुतकर्ता भिमा लोहार हुनुहुन्छ ।