सत्यममा पल र मलिकाको जोडी बाँधिने

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

अभिनेता राजेश हमालको मुख्य अभिनय रहने नयाँ नेपाली चलचित्र ‘सत्यम’मा पल शाह र मलिका महतको जोडी बाँधिने भएको छ । चलचित्रका लागी मलिकाले निर्माण टिमसँग सम्झौता गरिसक्नुभएको छ । गत वर्ष ‘फूलबुट्टे सारी’ गीतको भिडियोपछि पल र मलिकाको जोडीलाई दर्शकले अत्यधिक मन पराएका छन् र अन्य चलचित्रबाट पनि अफर आइरहेको छ ।

चलचित्र ‘यात्रा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गर्नुभएकी मलिकाले यसपछि चलचित्र ‘पानीफोटो’ मा काम गर्नुभएको थियो । यो चलचित्र प्रदर्शनमा आउन बाँकी छ । कोरोनाकालमा अभिनय गरेको म्यूजिक भिडियोबाट दर्शकको ठूलो वर्गमा चिनिनु भएकी उहाको यतिबेला चलचित्र र म्यूजिक भिडियोमा ठूलो माग छ । ‘सत्यम’ को कथावस्तु र आफ्नो भूमिका मन परेपछि उहा काम गर्नका लागि राजी हुनुभएको हो ।

शंकर कार्कीको निर्देशनमा बन्न लागेको यस चलचित्रमा अनुप विक्रम शाही र अभय बरालको पनि मुख्य भूमिका रहनेछ भने कृष्ण जोशीको पनि अभिनय रहनेछ । पर्दामा दर्शकले राजेश हमाल र अनुपको घमासान भिडन्त हेर्न पाउनेछन् । यसअघि उहाहरुले चलचित्र ‘सौर्य’ मा एकसाथ अभिनय गर्नुभएको थियो । चलचित्रमा हमालको चार फरक लुक्स रहनेछ ।

नवयुग सिनेमाको प्रस्तुतीमा बन्ने ‘सत्यम’ लाई रेशम सापकोटाले लेख्नुभएको हो । यस्तै सापकोटा नै चलचित्रका निर्माता हुनुहुन्छ । गणेश पौडेल एशोसियट निर्माता रहेको चलचित्रका सह–निर्माताहरुमा श्याम मल्ल र कृष्ण जोशी रहनुभएको छ । त्यस्तै, लाईन प्रोड्युसरमा रेशम गौतम, सुबास भुर्तेल र कृष्ण अधिकारी हुनुहुन्छ । चलचित्रमा योगेश काजीको संगीत, कुटुम्ब ब्याण्डको शिर्ष गीत र ब्याकराउण्ड म्युजिक, गणेश पौडेलको सह–संगीत, रेशम सापकोटा र बिष्णु निरिशको शब्द रचना, अन्जु पन्त, योगेश काजी, समिक्षा अधिकारी, गणेश पौडेल र राजु महर्जनको गीतमा स्वर सुन्न सकिनेछ । त्यस्तै, चलचित्रको डिओपीमा बिदुर पाण्डे ‘नबिन’ हुनुहुन्छ ।

आउँदो तिहारपछि माथिल्लो मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुने चलचित्रको इनडोरका महत्वपूर्ण सिनहरु छायांकन भने सेटमा खिचिनेछ । निर्देशक शंकर कार्कीका अनुसार, निर्माणधिन भव्य सेटमा हेलिकोप्टर क्रयासको दृश्यदेखि ठूला भवनहरुको दृश्यहरु छायांकन गरिनेछ ।