प्रेमको हल्लाले पुजा–आकाशलाई फाइदा

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नेपाली चलचित्र क्षेत्रमा पर्दामा जोडीको रुपमा मन पराइएको नायिका पुजा शर्मा र नायक आकाश श्रेष्ठको जोडी पर्दा बाहिर पनि हिट छ । यो जोडीको पर्दा प्रेम सँगै बाहिर पनि प्रेम छ भन्ने हल्ला बढी चलेको पाइन्छ । तर दुबैजनाले प्रेम रहेको भने स्विकार गरेको पाइदैन । गसिपका कुरा गर्नेहो भने ब्रेकअप भएको पनि सुन्न सकिन्छ ।

यसैबिच बाहिरको प्रेमको हल्ला र गसिपका कारण यो जोडीलाई फाइद भने पुगेको छ । म्युजीक भिडियोमा एकपछि अर्को काम पाइरहेको यो जोडीलाई चलचित्रका लागी पनि उत्तिकै अफर आइरहेका छन् । यसैबिच दुईदिन अघिमात्रै यो जोडीलाई लिएर निर्माण गरिएको नयाँ डान्सिङ गीत सार्वजनिक गरिएको छ । विजयादशमीको अवसर पारेर आकाश र पूजाले जोशका साथक्लबमा नृत्य गरेको ‘बिहे भाछैन’ बोलको गीत एक कार्यक्रमका बिच सार्वजनिक गरिएको थियो ।

गीतको म्युजिक भिडियोसंगमसिने आर्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यसका निर्देशक तथा लोकप्रिय कोरियोग्राफर कविराज गहतराजले फिल्मीगीत शैलीको रुप दिनु भएको छ । उहाले आकाश र पूजालाई भरपूर मनोरञ्जक शैलीले प्रस्तुत गर्नुभएको छ । यस्तै दीपकराज सुनारले त्यस्तै ढंगले नचाउनु भएको छ । पारस कायस्थको कन्सेप्टमा तयार भएको म्युजिक भिडियोमा छायांकन सुदीप बराल, सम्पादनअर्जुन बिसी र भिएफएक्स सत्यम राणाको रहेको छ ।

गीतमा शव्द रचना एसपी सापकोटाको रहेको छ ।  कर्म नामक एल्बममा संगृहित यो गीत अर्जुन सुनाम र सिर्जु अधिकारीले गाउनु भएको छ । संगीत हरि लम्साल र संगीत संयोजन सरोज श्रेष्ठको रहेको छ । गीतकार सापकोटाले चाडबाडमा नाचगान गरेर रमाउन चाहनेहरुका लागि यो गीत राम्रो कोसेली हुने बताउनु भयो ।