कात्तिकको दोश्रो साताबाट ‘द भ्वाइस किड्स’

आर्टिष्ट खबर/ असोज, काठमाडौं।

संसारका १ सय १३ देशमा फ्रेन्चाइज शोको रुपमा सञ्चालन भइरहेको रियालिटी सो ‘द भ्वाइस किड्स’ अब नेपालमा पनि आएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै कात्तिकको दोश्रो साताबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टेलिभिजनबाट द भ्वाइस किड्स प्रसारण हुने जानकारी दिइएको छ । ‘द भ्वाइस किड्स’को मुख्य कोचमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी हुनुहुन्छ ।

‘द भ्वाइस किड्स नेपाल’मा ६ देखि १४ वर्ष उमेरभित्रका बालबालिका सहभागी छन् । अहिले बालबालिकाको प्रि–अडिसन चलिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । डिजिटल अडिसनमा १० हजारभन्दा बढी बालबालिका सहभागी भएको र यसबाट छनोट भएका १४ वर्षभन्दा कम उमेरका बालबालिकाले ‘ब्लाइन्ड अडिसन’मा सहभागी हुनेछन् । शोका निर्देशक लक्ष्मण पौडेलले पहिलो सिजनमै सहभागी बालबालिकाहरुको प्रतिभा ‘द भ्वाइस अफ नेपाल’मा सहभागीहरुको भन्दा विलक्षण रहेको सुनाउनु भयो । उहाले, आफूहरुले बालबालिकाको प्रतिभा विश्वमाझ पु¥याउनका लागि यो शो तयार पारेको बताउनु भयो ।

कार्यक्रममा उपस्थित कोचहरु राजु लामा, मिलन नेवार र प्रविशा अधिकारीले यो शोसँग जोडिन पाउँदा नयाँ अनुभूति भइरहेको बताउनु भयो ।