दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा ‘वन लेग डान्सर’ सीताको प्रस्तुती

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखाले नजिकिँदै गरेको पर्वहरु मोहनी, दशैं, नेपाल सम्वत ११४२ नव बर्ष, स्वन्ति, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँगै अन्य कलाकर्मिको उपस्थिती रहेको थियो ।

कार्यक्रममा एक खुट्टाले नाँच्न सक्ने शाहसि महिलाको रुपमा चिनिदै आउनु भएकी ‘वन लेग डान्सर’ सीता सुवेदीको पनि प्रस्तुती रहेको थियो । सीतालाई कार्यक्रममा नेवारी कल्चरबाट स्वागतसँगै सम्मान गरिएको थियो ।

नृत्यांगना सीताले धेरै पछि कार्यक्रममा प्रस्तुती दिन पाउँदा खुसी लागेको बताउनु भयो । पछिल्लो समयको कोरोना कहरका कारण कार्यक्रम आयोजना हुन नसकेको बेला नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखाले गरेको कार्यक्रममा आफूलाई निम्ता दिएकोमा धन्यवाद ब्यक्त गर्नुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर महर्जनले कला क्षेत्रमा समर्पित कलाकारहरुको विकासका लागि आफूले सकेको गर्ने बताउनु भयो । उहाले भन्नुभयो,  ‘कला क्षेत्रको विकासका लागि गर्न सकिने कामका बारे योजना लिएर आउनुस् म सहयोग गर्नेछु । ललितपुर महानगरपालिका वडा १६ ले कलाकार समिति स्थापना गरी कला क्षेत्रमा समर्पितका लागि कार्य सम्पादन अघि बढाएको प्रति खुशी व्यक्त हुँदै वडास्तरबाट थालनी भएको यो प्रयासले आफू निकै हौसिएको भन्नुहुँदै अपाङता भएका कलाकारहरुका लागि पनि सहयोग गर्ने सोच रहेको मेयर महर्जनले जानकारी दिनुभयो ।