थपियो अर्को रियालिटी शो ‘डान्स च्याम्पियन’

गोपिकृष्ण चापागाईं/ कात्तिक, काठमाडौं ।

नेपालमा पछिल्लो केहिबर्ष यता रियालिटी शोहरुको बाढी नै आइरहेको छ । बिभिन्न अन्तर्राष्ट्रिय रियालिटी शोहरुको फ्रेन्चाइज नेपालमा भित्रिरहेका छन् भने केहि मौलिक रियालिटी शो पनि चर्चामा छन् । गायन रियालिटी शोको कुरा गर्दा अन्तर्राष्ट्रिय बजारमा निकै चर्चामा रहेका नेपाल आइडल र द भ्वाइसले नेपालमा पनि राम्रो लोकप्रियता कमाएका छन् । यस्तै डान्सिङ रियालिटी शो मा डान्सिङ विथ द स्टारले पनि केहि हदसम्म चर्चा कमायो । यस्तै अहिले अर्को अन्तर्राष्ट्रिय बजारकै गायन रियालिटी शो सारेगम पनि प्रसारण भइरहेको छ ।

कमेडी मौलिक रियालिटी शो कमेडी च्याम्पियनले पनि लोकप्रियता कमायो । यसैबिच यहि भिडमा अर्को डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन’ प्रसारणमा आउने भएका छन् । यो भने अन्तर्राष्ट्रिय बजारको फ्रेन्चाइज नभई मौलिक डान्सिङ रियालिटी शो हुने बताइएको छ । इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.ली.ले कि एडभर्टाइजिङ सर्भिस प्रा.ली.का लागि यस कार्यक्रम उत्पादन गर्नेछ ।

‘‘निर्देशक बिष्टका अनुसार शोमा बिजेता हुनेका लागी २५ लाख रुपैंया धनराशी पुरस्कार राखिएको छ । कार्यक्रम ३४ भागको रहनेछ’’

मंगलबार काठमाडौंमा रहेको एभरेष्ट होटलमा आयोजीत पत्रकार सम्मेलनमा कार्यक्रम बारे जानकारी गराइएको थियो । कार्यक्रम यहि कात्तिक २५ गते बिहीबारदेखी कान्तिपुर टेलिभिजनमार्फत प्रसारण गरिने जानकारी गराइयो । यस्तै डिजिटल राइट्स ओ.एस.आर डिटिजलले लिएको छ ।

यस शो प्रत्येक बिहीबार र शुक्रबार साताको दुई दिन बेलुकी ९ बजेदेखी टेलिभिजनमा प्रसारण हुने बताइएको छ । यस्तै यस शोका लागी निर्णायकहरु पनि छनोट भइसक्नुभएको छ । पत्रकार सम्मेलनमा तीन निर्णायकको परिचय गराइयो । नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री निरुता सिंह, डान्सर आश्मा विश्वकर्मा र कोरियोग्राफर जगत रावल निर्णायकको भूमिकामा रहने बताइयो । शोको निर्देशन गजित बिष्टले गर्दैहुनुहुन्छ । यस्तै शोमा होस्टको रुपमा भने उमेश राई (फुलन्देकी आमा) र निशान्त कटुवाल रहनुभएको छ ।

कार्यक्रममा निर्देशक बिष्टले शोको फर्मेट आफ्नै मौलिक हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो शो कुनै बिदेशी फ्रेन्चाइज होइन, त्यसैले हाम्रो फर्मेट हुनेछ ।’ निर्देशक बिष्टका अनुसार शोमा बिजेता हुनेका लागी २५ लाख रुपैंया धनराशी पुरस्कार राखिएको छ । कार्यक्रम ३४ भागको रहनेछ ।

शोका लागी यसअघि नै डिजिटल अडिसन भइसकेको जानकारी गराइयो । निर्णायकको भूमिकामा बस्दा आफूहरुमा थप जिम्मेवारी थपिएको अभिनेत्री निरुताले बताउनु भयो । ‘यस अघि कुनै पनि टेलिभिजन शोमा म यसरी निर्णायक बस्ने मौका पाएकी थिइन, मेरो लागी यो नयाँ हो । उत्साहित सँगै जिम्मोवारी थपिएको आभास पनि भएको छ । मेरो तर्फबाट बेस्ट गर्ने छु ।’ निरुताले भन्नुभयो, ‘अहिलेको समयमा रियालिटी शोमा दर्शकहरुको ध्यान गएको छ । बिशेष गरी बिदेशी रियालिटी शो नेपालमा निकै हेरिन्छ, हामी मौलिक रियालिटी शोमार्फत जोडिएका छौं, त्यसैले कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहुन आग्रह गर्छु ।’

निरुताले आफूलाई अभिनयसँगै नृत्यको पनि राम्रो ज्ञान भएको जानकारी गराउनुभयो । अभिनेमा बढी लोकप्रियता कमाए पनि नृत्यमा पनि आफूलाई ज्ञान भएको र न्यायपुण तरिकाले निर्णायकको भूमिका निभाउने उहाँको भनाई थियो । नेपाली चलचित्र क्षेत्रमा दक्षिणा बाट डेब्यु गर्नुभएकी निरुताले दर्जनौं गीतमा नृत्य गर्नुभएको छ । साथै उहाँको नृत्यको निकै तारिफ पनि गर्ने गरिन्छ । अर्की निर्णायक आश्माले पनि आफू सानै देखी नृत्यमा लागिरहेको र अनुभव धेरै लिएको जानकारी गराउनुभयो । बिभिन्न रियालिटी शोहरुमा बिजेता बन्नुभएकी आश्मा शोका लागी उत्साहित रहेको बताउनुभयो । आश्मा डान्सिङ ग्रुप कार्टुन क्रुको सदस्य हुनुहुन्छ ।

यस्तै अर्का निर्णायक कोरियोग्राफर जगत रावल लामो समयदेखी भारतमै बसेर बिभिन्न रियालिटी शोको अनुभव बटुल्नुभएको छ । उहाँले डान्स इन्डिया डान्समा पनि आफ्नो ट्यालेन्ट देखाइसक्नुभएको छ भने थुप्रै स्टारलाई कोरियोग्राफि गरिसक्नुभएको छ । नेपाली भाषा प्रष्ट बोल्न नआउने रावलले नेपाली भाषा सिक्ने र शो सुरु हुन्जेलसम्म सकेसम्म पुरा नेपालीमै बोल्ने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘म भारतमै बढी भएकाले नेपाली भाषा पुरा आउँदैन । तर म सिक्दैछु । छिट्टै धेरै नै सिक्छुहोला । शोमा नेपालीमै बोल्नेछु ।’

शोका निर्देशक बिष्टले पछिल्लो समय रियालिटी शोको बाढीमै आफूहरु आउँदा झन् राम्रो हुने बताउनुभयो । उहाँले भन्नुभएको छ, ‘त्यो बाढीमै मिसिएर आइयो भने नराम्रो कुराहरुलाई बगाएर लैजान्छ । त्यसबाट राम्रो छानिन सक्छ ।’ बिष्ट नेपाली चलचित्रमा अभिनय गर्ने कलाकार पनि हुनुहुन्छ । उहाँले मायाज बार, हैरान, लभ यु बाबा, धौली लगायतका चलचित्रमा अभिनय गर्नुभएको छ । थुप्रै म्युजीक भिडियो निर्देशन गर्नुभएका बिष्टसँग नृत्यको पनि राम्रो ज्ञान छ ।

Video: Click Here