भरतमणी र पारसको १ घण्टा भेट

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’का बिजेत भरतमणी पौडेल र पूर्व युवराज पारस शाहको भेट भएको छ । शोमा भरतले पारसको गेटअपमा उत्रिएर क्यारिकेचर गर्नुभएको थियो । त्यसपछि भरतको चर्चा ह्वात्तै चुलिएको थियो । कतिपयले भरतले शोको टाइटल जित्नुको मुख्य प्रस्तुती पारसको गेटअप सहितको प्रस्तुतीलाई पनि भनेका थिए ।

केहिदिन अघि काठमाडौंको शेर्पा मलस्थित ओपनियन रेस्टुरेन्टमा दुवैबीच एक घन्टा कुराकानी भएको भरतले बताउनुभएको छ । भरतले मंगलबार फेसबुकमा तस्बिर सार्वजनिक गरेपछि बिभिन्न प्रतिक्रिया आइरहेका छन् र तस्बिरको चर्चा पनि भइरहेको छ । भरतले पूर्वयुवराज शाह निकै रमाइलो भएको जानकारी दिनुभएको छ । भरतका अनुसार  भेट्नेवित्तिकै पूर्वयुवराज पारसले भरतले दिएको प्रस्तुती फन्नी फन्नी भन्नुभएको थियो ।

‘पहिलो भेटमा नै उहाँले बर्षौपछि भेट भएको साथी जस्तो व्यवहार देखाउनुभयो । म उहाँको प्रशंसक थिए, भेटेपछि झनै ठूलो फ्यान भएको छु ।’ मलाई त एकदम मन प¥यो, उहाँको सादगी जीवन देखेर । मानौं, वर्षौदेखि उहाँको र मेरो चिनजान छ झै लाग्यो । भरतमणीसँगै ‘कमेडी च्याम्पियन’को पहिलो सिजनका प्रतिस्पर्धी सुमन कोइराला पनि भेटमा सहभागी थिए ।