मैले काम गर्दा कहिल्यैं कोएक्टर छान्दिनः आर्यन सिग्देल

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नायक आर्यन सिग्देलले काम गर्ने क्रममा आफूसँग काम गर्ने कोएक्टर जो भएपछि आफूले सिफारिस नगर्ने बताउनु भएको छ । थुप्रै नेपाली चलचित्र तथा म्युजीक भिडियोमा काम गर्नुभएका आर्यनले बुधबार काठमाडौंमा आयोजीत एक कार्यक्रममा आफूले यो नायिका चाहिन्छ भनेर अहिलेसम्म नभनेको बताउनुभयो। ।</p><p style="text-align: justify; ">'मैले मेरो करिअरको यो अवधिसम्म आइपुग्दा अहिलेसम्म यो नायिका राख्नुपर्छ भनेको छैन, पक्कैपनि राम्रो काम गर्ने टिमले राम्रो काम गर्ने मान्छेलाई राख्छ ।' आर्यनले कार्यक्रममा भन्नुभयो ।&nbsp; 'नयाँ पुरानो जो भएपनि काम राम्रो गर्नुपर्छ भन्नेहुन्छ । नयाँलाई पनि स्थान दिनुपर्छ । म पनि त कुनैसमय नयाँ थिएँ ।'&nbsp;</p><p style="text-align: justify; ">बुधबार आर्यन अभिनित <a href="https://www.youtube.com/watch?v=kn54nqFOfZM" target="_blank"><font color="#0000ff">फूल फुल्यो </font></a>बोलको गीत सार्वजनिक कार्यक्रममा आर्यनले आफ्नो धारणा ब्यक्त गर्नुभएको हो । भिडियोमा आर्यनसँग सृष्टी खड्काको अभिनय रहेको छ भने गीतमा केशव भावुक र अस्मिता अधिकारीको स्वर रहेको छ । भिडियो संशाक कंडेलले निर्देशन गर्नुभएको छ । भिडियो अहिले चार बजे प्रिमियर हुँदैछ ।&nbsp;</p>